
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल बंगलादेश बैंकको ८०% हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । बैंकले १०ः८ अनुपातमा हकप्रद सेयर बेच्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर जेष्ठ १० गते सम्म भर्न पाइनेछ । कम्पनीको हकप्रद सेयरमा आवेदन दिन चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।
आवेदन भर्ने ठाउँ
यो हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्