
नेप्से परिसूचक पाँच प्रतिशतले बढेपछि सेयर कारोबार आइतबारका लागि बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर बढिरहेको बजार कारोबार समय सकिन डेढ घण्टा बाँकी छँदै सर्किट ब्रेक लागेर बन्द भएकको हो । आइतबार बजार ७९.४७ अंकले बढेर १६६७.११ अंकमा कायम भएको छ ।
बजार उल्लेख्य रुपमा बढ्दा पनि नौ कम्पनीका सेयरधनीले अधिकतम ३.७०३७ देखि न्यूनतम ०.१९९६ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सबैभन्दा धेरै सेती फाइनान्स र सबैभन्दा कम सहारा विकास बैंकका सेयरधनीले गुमाएका छन् । ग्लोबल आईएमई समुन्नत स्किम, काबेली विकास बैंक, रिडी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, नविल इक्विटी फण्ड, दिव्यश्वरी हाइड्रो र तारागाउँ रिजेन्सीका सेयरधनीले पनि गुमाएका छन् ।
यता, हाम्रो विकास बैंक, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, लक्ष्मी लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, नेपाल ग्रामीण विकास बैंक र राष्ट्रिय बीमा कम्पनी (प्रोमोटर) का सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने प्राइम लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एनबि इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायत ३० कम्पनीका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
सबै उपसूचक बढेका छन् । बीमा समूह हालसम्मकै उच्च ७३३.३७ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः ७०.६, ८७.१३, ८८.२९, ६८.९१, १६.७५, ३१.०९ र ७.८१ अंकले बढेका छन् ।
बजारमा हरियाली देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ । केही समयदेखि निरन्तर एक अर्बमाथिको कारोबार भएकोक बजारमा आइतबार कारोबार रकम एक अर्बबाट झरेको छ । दिनभरिमा १३२ वटा कम्पनीको १६ लाख ४५ हजार एक सय ४९ कित्ता सेयर चार हजार चार सय ४५ पटक खरिदविक्री हुँदा कुल ९४ करोड ३७ लाख ५९ हजार चार सय २९ रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आइतबार नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ, जसको १४ करोड २६ लाख पाँच हजार ६६ रुपैयाँको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको सात करोड ७० लाखको कारोबार भएको छ भने नेपाल बैंक र एनसीसी बैंकको पाँच करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको पौने पाँच करोड, प्रभु बैंकको साढे तीन करोड र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, फस्र्ट माइक्रोफाइनान्स, नेपाल बंगलादेश बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्