- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – न्यूरोडमा २८ लाख बराबरको सुन चोरी भएको छ । महानगरीय प्रहरी बृत सोह्रखुट्टेका प्रमुख डिएस्पी सोमेन्द्रसिंह राठौरका चालक सहित तीनजना प्रहरी कर्मचारीले शुक्रवार राति न्यूरोडस्थित एक गहना निर्माण कारखानाबाट करीव ७० तोला सुनको गरगहना लुटपाट गरेका हुन् ।
प्राप्त जानकारी अनुसार महानगरीय प्रहरी अपराध महाशाखाले उक्त लुटपाट घटनामा संलग्न रहेको अभियोगमा सोह्रखुट्टे बृतका सिआरभी भ्यान चालक प्रहरी हवल्दार अजय गुरुङलाई पक्राउ गरेको छ ।