
भारतको छत्तिसगढको रायपुरमा एक निजी च्यानलकी समाचार बाचिका सुप्रित कौरको हौसलाको अहिले प्रशंसा भइरहेको छ । आईबीसी २४ न्युज च्यानलकी एंकर सुप्रितले प्रत्यक्ष समाचार बाचन गर्दै दुर्घटनामा आफ्नै पतिको मृत्युको खबर पढिन । दुर्घटनामा मृत्यु भएका व्यक्ति आफ्नै पति भएको वास्तविक जानकारी उनले पछि मात्रै थाहा पाइन् ।
छत्तिसगढका मुख्यमन्त्री डा.रमन सिंहले ट्विट गर्दै भनेका छन्, ‘सुप्रितलाई सलाम, जसले पतिको मृत्युको खबर पढ्दै पेशाप्रतिको जिम्मेवारी र बहादुरी देखाइन् ।’ सुप्रित शनिबारको बिहानको बुलेटिन पढिरहेकी थिइन् । तर ब्रेकिङ समाचार आयो कि महासमुन्द जिल्लाको पिथौरामा राजमार्गमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भयो । च्यानलका रिपोर्टरले एंकर सुप्रितलाई दुर्घटनाको सम्पूर्ण जानकारी दिए । यो विवरणपछि उनले दुर्घटनामा मृत्यु हुनेमा आफ्नो मान्छे परेको आशंका भयो ।
यसका बाबजुद हिम्मत नहारी उनले सम्पूर्ण खबर सकिन् । अफ एयर भएपछि सुप्रितले यसबारेमा जानकारी पाइन् कि दुर्घटनामा परी मृत्यु हुनेमा कुनै अनजान व्यक्ति नभएर आफ्नै पति थिए । रिपोर्टरले डस्टर गाडीमा बसेकाहरु दुर्घटनामा परेको र मृतक भिलाईमा बस्ने र उनका परिवारलाई जानकारी गराइसकिएको बताएपछि नै उनलाई शंका लागेको थियो । उनले आफ्नो पतिको मृत्युका बाबजुद पनि सम्पूर्ण समाचार हिम्मतसाथ बढेकोमा प्रशंसा भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्