Skip to content
LAXMI SUNRISE BANK

ठूलाले भनेको पनि मान्नुस : निर्वाचनभर ‘कचकच’ नगर्नुस्

अर्थ सरोकार

काठमाडौं – ‘स्थानीय तहको चुनाव होलाजस्तो भएको अवस्थामा फेरि यस्तो बखेडा ननिकाल्नुस न । वरीयताले केही नापिदैन, भविष्यको बाटो हेर्नूस् । ठूला मान्छेले भनेको पनि मान्नुस न । तपाई किन आत्तिनु भएको स्थानीय चुनावपछि हाम्रै पालो हो । त्यसपछि त फेरि जोडबलले लाग्नुपर्छ । अहिलेलाई यो विवादमा शान्त हुनुस ।’ नरम भएर सभापति देउवाले निधिलाई  सम्झाए बुझाई गरेका थिए ।
शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैंठक अघि दुवै आमनेसामने भई करिब १५ मिनेट छलफल भएको कांग्रेसका एकजना नेताले बताए । तर, उपप्रधानमन्त्री निधीले देउवाको जवाफप्रति कुनै जवाफ नदिएपनि सहमतिको संकेत देखाएका थिए । ती नेताले भने,‘उहाँले केही बोल्नु भएन तर टाउँको हल्लाएर सहमतिको संकेत देखाउनुभयो ।’
कुनै हालतमा थापाभन्दा आफू तल्लो स्तरमा नबस्ने अडान राख्दै आएका निधीलाई देउवाले निर्वाचन अवधिभर यो विषयमा कचकच नगर्न समेत आग्रह गरेका थिए । ‘अबको निर्वाचनपछि को प्रधानमन्त्री तपाईलाइ थाहै छ त । समस्या बुझ्नुस न ।’देउवाले भने ।
सभापति देउवाको प्रश्नको जवाफ दिन उहाँलाई कहाँ मन नभएको हो र ! तर निर्वाचन सफल बनाउनुपर्ने भएकोले चुप लागेर बस्नुभयो । ती नेताले भने,‘प्रचण्डले थापालाई नै दोस्रो वरियतामा राखे पार्टीको इज्जतमा दाग लाग्ने भन्दै गृहमन्त्री निधीले नमान्नुभएको हो । अब चाहिँ मान्नुहुन्छ ।’
निधी भारत भ्रमणमा रहदा प्रधानमन्त्री प्रचण्डले आफूपछि उपप्रधान एवंम स्थानीय विकासमन्त्री कमल थापाको नाम अघि सारेसँगै विवादले उग्र रुप लिएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डले दोस्रो वरीयतामा थापालाई राखे निधीले सरकारबाट हट्ने चेतावनी दिदै आएका छन् । – एस काठमाडौं 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK