
काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ । आजको नागरिकमा खबर छ ।
सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न बजाउने सवारी साधनको संख्या न्यून भएको बताउँछन् ।
‘चोक-चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने, नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन् ।’ उनले भने ‘अघिल्ला दिनहरुमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ ।’ हर्न निषेध गरेसँगै अब सवारी चालकले जहाँ पायो त्यहीं हर्न बजाउने प्रवृत्ति अन्त्य हुने उनको विश्वास छ ।
चालकले ओभरटेक, यात्रु बोलाउन, अगाडीको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने गरेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्