
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड नाजवाफ भएर फर्किएका छन । करिब एक घण्टासम्म चलेको उक्त भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूहरुले चुनाव दुई चरणमा गर्न मधेसी मोर्चासँग सहमति जनाएको र संविधान संशोधन गरेपछि मोर्चा पनि चुनावमा सहभागि हुने ब्रिफिङ गरे । दाहालको भनाई धैर्यपूर्वक सुनेका ओलीले दुई चुनावको बीचमा सरकारले नीति कार्यक्रम र बजेट ल्याउने अनि सरकार परिवर्तन गर्ने कुराले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने र निर्वाचनका सर्वमान्य सिद्धान्त विपरित हुने दाहाललाई स्मरण गराए ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग अस्ति भएको भनिएको मधेसी मोर्चासँगको सहमतिको लिखित दस्तावेज खोजेपछि प्रधानमन्त्री प्रचण्ड नाजवाफ भएर फर्किएका हुन । घोषित स्थानीय चुनाव दुई चरणमा गर्ने र त्यसअघि संविधान संशोधन गर्ने मोर्चा र सरकारबीच सहमतिको लिखित दस्तावेज अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग माग गरेपछि प्रचण्ड नजवाफ फर्किएका हुन ।
प्रधानमन्त्री प्रचण्डलाई ओलीले निर्वाचन आचार संहिता अध्ययन गर्नु भएको होला, स्वतन्त्र र निश्पक्ष निर्वाचनको विश्वब्यापी मान्यता र आफ्नै परम्परा विपरित हुने गरी कसरी निर्वाचन गर्न सक्नुहुन्छ रु जेठ १५ गते बजेट ल्याउने र त्यसको १५ दिनपछि चुनाव गराउने भनेको के हो भन्दै ओलीले दाहालसँग प्रश्न तेर्साएका थिए ।
‘हामीसँग कुनै परामर्श नगरी सहमति गर्नु भयो, के सहमति गर्नु भयो अहिलेसम्म पनि हामीलाई थाहा छैन । अनि के आँखा चिम्लेर सहमति दिने हो ? ’ ओलीको प्रश्न थियो । ओलीबाट प्रश्न वर्षन थालेपछि नाजवाफ भएर प्रधानमन्त्री प्रचण्ड फर्किएका हुन ।
करिव १ घन्टा दाहालसँग बैठक पछि ओलीले ‘यो समाधानका लागि होइन, कसरी चुनाव टार्न सकिन्छ भन्ने जालझेल गर्न खोजिएको भन्दै टिप्प्णी गरे । उनले सरकारको ‘नियत सही नदेखिएको समेत टिप्पणी गरे । माकुराको जालोमा झिँगा पर्छ, ठूलो चिज केही पर्दैन, एमाले पनि कसैको जालसाजीमा पर्दैन । पहिला ल्याएको संविधान संशोधनको प्रस्ताव गलत थियो, हामीले धेरै भन्यौँ, उहाँले अलि जिद्धी गर्नुभयो, पछि गलत नै रहेछ भनेर फिर्ता लिनुभयो, त्यो राम्रो भयो, अब अहिले कस्तो ल्याउने हो, हेर्नुपर्छ, त्यसपछि मात्रै भन्न सकिन्छ । – एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्