×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रम सरेको होइन, आज नेप्सेलाई देखाइने, भोलि अरुलाई’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रम सरेको होइन, आज नेप्सेलाई देखाइने, भोलि अरुलाई’

Artha Sarokar

६ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेप्सेले ल्याउन लागेको अनलाइन कारोबार प्रणालीको आज अर्थात १९ अप्रिलको दिन डेमो देखाउने कार्यक्रम भएको भएपनि उक्त प्रणाली आज नेप्सेलाई देखाउने र भोलि अरु स्टेक होल्डरहरुलाई देखाइने भएको छ । नेप्सेका केहि हाकिमहरुले भाँडेपछी अनलाइन प्रणालीको डेमो देखाउने कार्यक्रमनै स्थगित भएको हल्ला चलेपछि हामीले उक्त प्रणाली निर्माण गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपेश प्रधानलाई सम्पर्क गरेका थियौं ।
‘कार्यक्रम सरेको होइन । आज अर्थात तोकिएको मितिमा हामीले नेप्सेलाई डेमो देखाउदै छौं ।’ उनले भने । उनका अनुसार आज नेप्सेलाई देखाउने र भोलि अरुलाई डेमो देखाउने कार्यक्रम छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले १९ अप्रिलका दिन नेप्सेलाई देखाउने र नेप्सेको अनुमति लिएर २० तारिखका दिन अरुलाई उक्त प्रणालीको डेमो देखाउने बताएका छन् । ‘कस-कसलाई बोलाएर देखाउने भन्ने कुरामा पनि हामीले नेप्सेको अनुमति लिन खोजेका छौं । लगानीकर्ता संघ, ब्रोकर एसोसीएसन, इन्भेष्टर्स फोरम र केहि आर्थिक पत्रकारहरुलाई बोलाएर डेमो देखाउने कुरा भएको छ । यसरी जाँदा सहज हुने हुनाले हामीले यस्तो निर्णय नेप्सेसँग छलफल नै गरेर लिएका हौँ ।’ उनले भने ।      
उनका अनुसार आज नेप्सेलाइ देखाईसकेपछि भोलि १० देखि २ बजेको बीचको समयमा अरुलाई उक्त प्रणालीको डेमो देखाईने भएको छ । ‘कुन बेला, कहाँ र कस-कसलाई बोलाउने भन्ने कुरा नेप्सेसँग अनुमति लिएर अगाडी बढ्ने प्रयास गरेका छौँ । हामी डेमो देखाउने समय र स्थानबारे अर्थ सरोकार डटकमलाई सकेसम्म चांडो जानकारी दिनेछौं ।’ उनले भने ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी