
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – बहुप्रतिक्षित पूर्ण अनलाइन कारोबार प्रणाली सकेसम्म ढिलो गर्न चलखेल सुरु भएको छ । नेप्सेका पदाधिकारी, उक्त अनलाइन प्रणाली निर्माण कम्पनी ‘योमरी प्रालि’ उर्फ ‘वाईको’, लगायत बजारका केहि खेलाडीहरु उक्त अनलाइन प्रणाली सकेसम्म ढिलो गर्ने प्रयत्न गरिरहेको बुझिएको छ । नेप्सेको उच्च स्रोतले दिएको जानकारी अनुसार बजारका केहि सिमित व्यक्ति विशेषको इक्षामा अनलाइन कारोबार प्रणाली जवरजस्त ढिलो गराउने खेल सुरु भएको छ ।
सेमी अनलाइनको ‘ललिपप’ खुवाएर ढिलो गर्ने चलखेल
यसअघि नेप्से र धीतोपत्र बोर्डका केहि जिम्मेवार पदाधिकारीहरुले नयाँ वर्षको अवसरमा सेमी अनलाइन प्रणाली ल्याउने सार्वजनक रुपमै बताएका थिए । जवकी पूर्ण अनलाइन कारोबार प्रणालीनै असोजअघि सिध्याउन सकिने अनलाइन प्रणाली निर्माण कम्पनी ‘वाईको’ले बताईरहेको छ । ७० % काम सक्याएको दावी गर्ने कम्पनीको कुरा पत्याउने हो भने नेप्सेले चाहेको खण्डमा साउनभित्रै वा ढिलोमा दशैंसम्ममा पूर्णरुपमा अनलाइन प्रणाली आउन सक्ने स्पष्ट देखिन्छ । तर यहि बीचमा ‘सेमी अनलाइन प्रणाली’ नामको अश्त्र फाल्ने, लगानीकर्तालाई मुर्ख बनाउने र पूर्ण अनलाइन प्रणाली ल्याउन ढिलो गरेर बजारमा आफु कमाउने, अरु फसाउने खेलमा केहि विशेष व्यक्तिहरु लागेको स्रोतको दावी छ ।
नेप्सेको दुइजिब्रे पारा :
सार्वजनिक रुपमा बोल्दा होस् वा मिडियामा जानकारी दिंदा नेप्सेका प्रतिनिधिहरु दशैंअघि अनलाइन कारोबार प्रणाली आउँछ, छिट्टै आउँछ, काम तीब्र गतिमा भइरहेको छ लगायतका कुराहरु भन्ने गर्छन् । तर अनौपचारिक कुराकानीमा नेप्सेका प्रतिनिधिहरुले पनि अनलाइन कारोबार प्रणाली निर्माता कम्पनीलाई, ‘छिटो सक्याएर केहि पाउने वाला छैनौ, छिटो हुँदा झन् काम भएन भन्ने विवाद हुन्छ’ जस्ता कुराहरु गरेर काम गर्नेलाई समेत निरुत्साहित गर्ने काम भइरहेको स्रोतको दावी छ । यता उक्त अनलाइन निर्माण कम्पनीका प्रबन्ध निर्देशक दीपेश प्रधानपनि, ‘ढिलो सकेपो जरिवाना लाग्छ, चांडो सकेर के पाइन्छ र ?’ भन्दै खुलेआम रुपमै हिंड्ने गरेका छन् । यसले नेप्से र कमपनीबीच कतै चलखेल त छैन ? भन्ने आशंकालाइ थप बढावा दिएको छ ।
अनलाइन निर्माण कम्पनी जतापनि ठिक्क !
अनलाइन कारोबार प्रणाली निमार्ण गरिरहेको ‘वाईको’ नामक कम्पनी नेप्सेको अनुमतिविना स्वासपनि फेर्न मिल्दैन भन्ने शैलीमा काम गरिरहेको छ । मिडियाकर्मीले केहि सोध्यो यतै ठिक्क, र लगानीकर्ता र लगानीकर्ता संघका पदाधिकारीले केहि सोध्दापनि उतै ठिक्क हुने शैलीमा कम्पनीका प्रतिनिधिहरु नेप्सेको ‘चम्चागिरि’ गरिरहेका छन् । केहि दिन अगाडीसम्म, ‘तपाईंहरुनै युजर हो, तपाईंहरुलाई डेमो देखाउँछौं’ भन्ने कम्पनीका प्रतिनिधि एकाएक केहि दिनपछी, ‘सबैकुरा देखाउन नेप्सेले दिएन’ भन्ने शैलीमा कुराकानी गर्नुजस्ता विषयले कम्पनीको कार्यक्षमतामाथि ठूलो प्रश्न चिन्ह उठेको छ । नेप्सेसँग नेप्सेको अनुमतिविना ‘बाहिर केहि बोल्दापनि बोल्दैनौं’ भन्ने कम्पनीका जिम्मेवार प्रतिनिधिहरुलेनै लगानीकर्ताहरुका अगाडी भने, ‘तपाईंकै हकहितमा काम गर्छौं’ भनेर फकाउने गरेको पाइएको छ ।
धीतोपत्र बोर्ड किन मौन ?
बजारमा अनलाइन प्रणालीबारे चर्को बहस चलिरहँदापनि धीतोपत्र बोर्डभने मौन बसेको छ । अनलाइन कारबार प्रणालीको जिम्मा नेप्सेको भएका कारण यस्तो भएको हुनसक्ने अनुमान गरिएपनि लगानीकर्ताहरुको चासो भएको कुरामा नियमनकारी निकाय यसरी मौन बस्न नहुने तर्क लगानीकर्ताहरुको छ । केहि काम बिगारेको कुरामा नेप्सेलाइ दोष दिन हतार गरिहाल्ने धीतोपत्र बोर्डले यो मौनतालाईपनि नेपाली पूँजी बजारमा विभिन्न कोणबाट हेर्न थालिएको छ । यता धीतोपत्र बोर्डका केहि हाकिमहरुपनि पूर्ण अनलाइन कारोबार प्रणाली ढिलो गर्ने खेलमा लागेको स्रोतको दावी छ । ‘सेमी अनलाइन कारोबार प्रणाली ल्याएर यता नेप्सेले पूर्ण अनलाइन कारोबार प्रणाली ल्याउन सकेन भन्ने अपजसपनि हुने, अनलाइन कारोबार प्रणालीपनि ढिलो हुने’ भएपछी आफ्नो स्वार्थ्य पूरा हुने भन्दै बोर्डका केहि जिम्मेवार व्यक्तिहरुनै लागेको धीतोपत्र बोर्डको उच्च स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्