
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण गरे लगत्तै छिमेकी मुलुक भारत उनीसँग चिडिएको छ । भारतकै जोडबलमा प्रधानमन्त्री बनेका प्रचण्डसँग भारत चिढिएको पछिल्लो कडी हो नवनियुक्त राजदुत मञ्जिव पुरी र प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ता ।
चीन भ्रमणमा निस्कनु अगाडि नै भारतीय राजदुत मञ्जिव पुरी नेपाल आउने पक्का भइसकेको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई चीन जानु अगाडि नै भेट्ने कार्यक्रम समेत तय भइसकेको थियो । तर मञ्जिव पुरी एक दिन ढिला गरी नेपाल आए । उनी नेपाल आउँदा प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गरिसकेका थिए ।
कुनै पनि राजदुतको पहिलो राजनीतिक भेटघाट त्यहाँको प्रधानमन्त्रीबाट सुरु हुन्छ । तर नवनियुक्त भारतीय राजदुतको हकमा भइदियो ढ्याक्कै उल्टो । उनले पहिलो राजनीतिक भेट कांग्रेस सभापति देउवासँग गरे । देउवालाई वुढानिलकण्ठस्थित उनकै निवासमा पुगेर भेट गरे । दोश्रो भेटका रुपमा एमाले अध्यक्ष केपी ओलीसँग भयो । त्योृ भेट सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा भएको थियो ।
तेश्रो भेट मधेसी दलका नेताहरुसँग गरे । भारतीय राजदुत सिंहले एउटा भेट तमलोपा पार्टी कार्यलयमा महन्थ ठाकुरसँग एक्लै गरे भने मधेसी नेताहरुसँग दोश्रो भेट सोही साँझ भारतीय दुतावास लैनचौरमा राजेन्द्र महत्तो,उपेन्द्र यादव,महन्थ ठाकुरहरुसँग गरे । अरु साना दलका मधेसी नेताहरुलाई राजदुतले भेट गर्न चाहेनन् । यी सबै नेताहरुलाई भेट गरिसकेपछि अन्तमा मात्र प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदुतबीच भेट भयो ।
यी सबैसँग भेट गरिसके पछि यहाँको सन्देश बोकेर राजदुत दिल्ली उडेका छन । यसरी सुरुमा प्रधानमन्त्री प्रचण्डलाई झुक्काउनु र अन्तमा सबै दलका नेतालाई भेट गरेपछि प्रधानमन्त्रीसँग भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । – एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्