
आइतवार विभिन्न मधेसी दलका शिर्षस्थ नेताहरुसँगको छलफल पछाडि प्रधानमन्त्री प्रचण्डले आज मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने बताँउदै आएका थिए । यसरी यो वार्ता एकाएक स्थगित हुनुको पछाडि हाल कैलाली पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाका दबाबले काम गरेको बताइन्छ ।
सोही दबाबका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अचानक वैठक स्थगित गरेका उनी निकट स्रोतले पृष्टी गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीबाट फोन गरेपछि प्रधानमन्त्री प्रचण्डले बैठक रोकेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । देउवाले आफु आएपछि वैठक गरेर टुङ्गो पुग्नुपर्ने बताएका छन् ।
निर्णायक हुने भनिएको उक्त वार्ता अहिले बिहान दश बजेका लागि तय भएको थियो । हिजो दुईपटक मोर्चाका नेतासँग छुट्टाछुट्टै भेटगरेपछि प्रचण्डले आज बिहान १० बजे सरकारी निवास बालुवाटारमा निर्णायक वार्ताका लागि मोर्चाका नेताहरुलाई बोलाएका थिए ।
यद्यपि मधेसी नेताहरुका अनुसार,प्रधानमन्त्री प्रचण्डले यो वार्ता एकाएक स्थगीत गर्नुको पछाडि कांग्रेस सभापति देउवा,एमाले अध्यक्ष ओली थाइल्याण्ड र महन्थ ठाकुर समेत काठमाडौं बाहिर रहेका कारण स्थगित भएको स्वीकारेका छन । – एस काठमाडौं