
- रामु खनाल, सेयर बजार विश्लेषक
सेयर बजारमा तुलानात्मक रुपमा सेयर बेच्ने अवसरहरु कम र किन्ने अवसरहरु धेरै आउछन् । किनकी बजार टुप्पोमा लामो समयसम्म रहनै सक्दैन, टिक्नै सक्दैन । बजार लामो समय अडिने भनेकोनै तल्लो बिन्दुमा हो । आम लगानीकर्ताहरुलाई के लाग्छ भने बढोत्तरीमा सर्किट ब्रेक लागेको समयमा सेयर खरिद गरियो भने धेरै नाफा हुन्छ किनकी आगामी दिनमापनि यसै गरी सेयर बजार अझै बढ्छ ।यो आम लगानीकर्ताहरुको ठुलो भ्रम हो । यथार्थ त के हो भने बढोत्तरीमा सर्किट ब्रेक लागेको समयमा आफुसँग भएको सेयर बेच्ने हो । योभन्दा सुवर्ण मौका अरु समय हुँदैन । किनकी यो समयमा जति सेयरको उच्च मुल्य अरु बेला पाइदैन ।
सेयर बजारको इतिहासले अर्को कुरा के देखाउँछ भने बढोत्तरीमा सर्किट ब्रेक लागेको समयभन्दा केहि दिनपछि बजारले केहि Correction को बाटो समाउछ । यहाँ भन्दा अगाडीको बढोत्तरीको सर्किट ब्रेकपछि बजारले केहि Correction को बाटो समाएको थियो । पछि शुक्रबार बिमा समितिको निर्णय पछि आइतबार पुन: सर्किट ब्रेक लागि बजार बन्द भयो । आज सोमबार बजारमा ठुलो उतार चढाव देखियो । आज बजारमा चढाव देखिनुको प्रमुख कारण के हो भने हिजो किन्न खोज्नेहरुले बजारमा सेयर किन्न नपाउनु र आज उनीहरुले First Hour मानै खरिद आदेश दिनु ।
घट्नुको प्रमुख कारण के हो भने यो भन्दा अगाडिको सर्किट ब्रेकको समयमा खरिद गरेकाहरुले Profit Book गर्नु र बिगतमा बजार १७००-१८०० हुदा किनेका धेरै लगानीकर्ताहरुले लामो समयसम्म सेयर बेच्न नपाएर तनावमा रहेको अवस्थामा धेरैले आफ्नो Cost वा अलिकति नाफा आयो कि Sale मा राख्नु । यसरि हेर्दा के देखिन्छ भने आगामी केहि दिनमानै बजारले केहि Correction बाटो समाउने छ ।
तर बिमाले बजारलाई केहि भरथेग अवश्यनै गर्ने छ । बजार लिफ्टजस्तो सिधै तलमाथि जाने पनि त होइन नि! सिढीजस्तो माथि जादै फेरि तल झर्दै पुन: माथि जाने हो । चाहे Short Term को लागि लगानी गर्नुहोस् वा Long Term को लागि गर्नुहोस्, जहिले पनि Correction को समयमा अर्थात तल्लो बिन्दुमा खरिद र उपल्लो बिन्दुमा अर्थात हरियालीको समयमा विक्री गर्ने प्रयास गर्नुहोस् ।
सेयर बजारका विविध आयामहरुको बिश्लेषण गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने आगामी दिनमा बजारमा केहि Correction देखिएतापनि आगामी बर्ष नेप्सेले थप नयाँ उचाइका साथ नयाँ रेकर्ड कायम गर्ने छ भन्नेमा कुनै शंकानै छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्