Skip to content
LAXMI SUNRISE BANK

जनतामा गाभिन लागेको सिद्दार्थ डेभलपमेन्टको हकप्रद बैशाख ७ देखि, कहाँ दिने आवेदन ?

अर्थ सरोकार

सिद्दार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ देखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले १०:६ को अनुपातमा अर्थात् हाल कायम चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले जेठ १० गतेसम्म हकप्रद  बिक्रि गर्ने छ ।  
बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८५ करोड १५ लाख ५ सय ६० रुपैयाँका दरले ८५ लाख १५ हजार ५ दशमलब ६० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 
बैंकले हकप्रदको लागि फागुन १० गते बुक क्लोज गरेकाले फागुन १८ सम्म कायम शेयरधनीले मात्र हकप्रद प्राप्त गर्ने छन् । हकप्रदको लागि नक्सालमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय तथा सिद्दार्थ डेभलपमेन्टको सबै शाखाबाट आवेदन दिन सकिने छ  । 
सिद्दार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट २४ प्रतिशत बोनस सेयर दिएको थियो। गत मङ्सिर ८ सम्म कायम सेयरधनीले मात्र बैंकको २४ प्रतिशत बोनस सेयर प्राप्त गरेका छन।  बोनस बितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। 
६० प्रतिशत हकप्रद बितरण पछि बैंकको चुक्ता पुंजी २ अर्ब ६९ करोड पुग्ने छ। सिद्दार्थ डेभलपमेन्ट बैंकले १:१ को स्वाप रेसियोमा जनता बैंकमा गाभिने निर्णय गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK