
- अर्थ सरोकार सम्बाददाता
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बुधबार तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ । कमलामाई नगरपालीका ७ बासकटेरीमा रहेको निम्न माध्यमिक विद्यालय फोरी प्रश्न पत्र र पैसा चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमलामाई नगरपालीका– ६ श्री सेकेन्डरी वोर्डिङ स्कुल पानिट्ङकीमा काक्षा ८ मा अध्ययन गर्ने १६ बर्षिय अमित खड्का, सोहि विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने बुद्धिमान वाईवा र कनपा ६ मा रहेको आधुनिक बोर्डिङ स्कुलमा अध्ययन गर्ने १६ बर्षका पुजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई म्याद थप गरि आवश्यक अनुसन्धान भै रहेको उनको भनाई छ । उनीहरुले चैत्र १३ गते राती १२ बजे विद्यालय फोरेको पाईएको प्रहरीले बताएको छ ।पक्राउ परेका मध्ये अमित खड्का र बुद्धिमान वाईवाको साथबाट २७ हजार ६ सय ८० रुपैंया बरामद गरिएको प्रहरी नायव उपरिक्षक बोहोराले जानकारी दिए । विद्यालयको ५४ हजार रुपैया उनीहरुले चोरी गरेका थिए ।
उनीहरुको साथबाट कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको ६ वडा मोडेलका प्रश्नपत्र समेत प्रहरीले बरामद गरेको छ । कक्षा ८ को जिल्ला स्तरीय परिक्षा यही चैत्र १३ गते आईतबारबाट सुरु भएको थियो ।
प्रश्न पत्र बाहिरिएपछि नयाँ प्रश्न पत्र बनाई सम्वन्धित विद्यालयमा पुर्याएर परीक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी केदार गिरीले बताए । विद्यालय फोरी प्रश्नपत्र बजारमा ल्याई फोटोकपी गरेर प्रति प्रश्न पत्र २० रुपैंयाका दरले प्रश्न पत्र विक्री भएको पाईएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । प्रश्न पत्र बाहिरिए पनि तयारी अवस्थामा नमुना प्रश्न पत्र भएकाले परिक्षा नरोकिएको कार्यालयले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्