
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिप्रदी ट्रेडिङले नयाँ शोरुम र सर्भिस सेन्टर खोलेको छ । कम्पनीले नेपालगन्जमा नयाँ सर्भिस सेन्टर खोलेको हो । टाटा मोटर्सका कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रविन्द्र पिसारोड्डीले नेपाली बजारमा टाटाको कमर्सियल गाडीको संजाल नेपालमा विस्तार भएको हर्षित बनाएको बताए भने कम्पनीका अन्तर्राष्ट्रिय व्यापार,कमर्सियल भेहिकल्स युनिटका प्रमुख रुद्ररुप मैत्रले टाटाले बिक्रीपछिको सेवालार्इ समेत प्राथमिकतामा राखेको बताउँदै ग्राहकलार्इ उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए । यता सिप्रदीका सिर्इओ राजनबाबु श्रेष्ठले गाडी बिक्रीलार्इ मात्रै ध्यान नदिएर बिक्रीपछिको सेवालार्इ उच्च प्राथमिकतामा राखेको बताउँदै ग्राहकको सन्तुष्टीनै पहिलो उदेश्य रहेको बताएका थिए ।
यो शोरुममा टाटाका सबै रेन्जका उत्पादनका झलक देख्न पाइने गरी सजार्इएको छ । कम्पनीका अनुसार १५ वटा वे अत्याधुनिक इक्विपमेन्ट छन् । सेवाका लागि तालिमप्राप्त प्राविधिक रहने कम्पनीले जनायो।केन्द्रको उद्घाटनसँगै पहिलो मोबाइल वर्कशप पनि संचालनमा आएको छ ।
१६१३ /५२ च्यालीस माथी बनाइएको मोबाइल वर्कशप गाडीभित्र टाटा कमर्सियल गाडी मर्मत र सर्भिसिङ गर्नसक्ने इक्विपमेन्ट जडान गरिएको छ।कम्पनीले ६ दिनभित्र इन्जिन मर्मत गरी डेलिभरी, ४८ घण्टा वा कम समयमा डेलिभरी,चाँडो सर्भिसिङको सुविधा लिन पूर्व बुकिङ, साना सर्भिसिङको लागि निश्चत वे,मर्मतका लागि चाहिने अनुमानित खर्च र समयाअवधिको सूचना एसएमएसबाट दिइने कम्पनीले जनायो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्