×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मार्ट लाइसेन्स लिनुभयो ? तपाईंको व्यक्तिगत विवरण भारत पुग्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्मार्ट लाइसेन्स लिनुभयो ? तपाईंको व्यक्तिगत विवरण भारत पुग्यो !

Artha Sarokar

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – यातायात व्यवस्था विभागले १६ महिनादेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी चालक अनुमतिपत्र ‘इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । यसबारेमा पत्रकार रामेश्वर बोहोराले खोजपत्रकारिता केन्द्रका लागि तयार पारेको अनुसन्धानात्मक सामाग्री आजको हिमाल खबर म्यागेजिनमा प्रकाशित छ, जसमा भनिएको छ कि स्मार्ट लाइसेन्स लिने नेपालीहरुको व्यक्तिगत विवरण भारतमा पुगिरहेको छ ।
सवारीचालक अनुमति पत्रलाई विद्युतीय कार्डबाट विस्थापित गर्दै लैजान स्मार्ट लाइसेन्स वितरण गर्न थालेको सरकारले यति लापरवाहीपूर्ण काम गरेको छ कि अहिले ड्राइभिङ गर्ने हरेक नेपालीको व्यक्तिगत विवरण (डाटाबेस) चेन्नेईस्थित एउटा भारतीय कम्पनीको कब्जामा पुगेको छ ।
स्मार्ट कार्डबारे निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीको प्रतिक्रिया छ- ‘सरकारकै एउटा निकायले अर्कोलाई दिन नमिल्ने नागरिकको व्यक्तिगत विवरण अर्को देशको कम्पनीलाई दिइनु अक्षम्य गल्ती र नागरिकको संविधान प्रदत्त अधिकारको हनन हो ।’सामाचारमा जनाइए अनुसार हालसम्म वागमती अञ्चल यातायात कार्यालयले वितरण लाइसेन्स वितरण गरेको १ लाख ४० हजार नेपाली नागरिकको विवरण भारतीय कम्पनीको हातमा पुगिसकेको छ ।
यस्तो छ भारतीय कम्पनीलाई लेखेको पत्र

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी