Skip to content
LAXMI SUNRISE BANK

३ बर्षमा ४ अर्ब लगानी थपेर दशलाख घरमा इन्टरनेट पुर्याउने वर्ल्ड लिंकको योजना !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येको एक वर्ल्डलिङ्क कम्युनिकेशनले ३ बर्षमा ४ अर्ब लगानी गरि २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय इन्टरनेट सेवाको विस्तार गर्ने योजना बनाएको सार्वजनिक गरेको छ । 
एक प्रेस बिज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो आक्रामक योजना अगाडी सारेको हो । यस अघि झन्डै ३ अर्व लगानी गरेको वर्ल्ड लिंकले लगानी थप गरि प्रयोगकर्ताहरुलाई उत्कृष्ट सेवा दिने लक्ष्य सहित तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक “ १०० जीबीपिएस” भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको कम्पनीले बताएको छ । 
कम्पनीका अन्सुआर एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (आइपिटिभी) प्रदान गर्ने लक्ष लिएको समे बताएको छ । 
हाल उपलब्ध प्रविधिहरू मध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (इल्त्क) तथा अप्टिकल लाइन टर्मिनल (इीत्) का लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । 
वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरक फरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु ग्लोबल ओभर द टप कन्टेन्ट (इत्त्) सेवाको विस्तार गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK