
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले एक्वायर गर्न लागेको एस डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ७६ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तुलनामा १६.७२% ले बढी हो । गत वर्ष बैंकले १४ करोड ३५ लाख ८७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले सहायक कम्पनी एस क्यापिटलसहित ग्रुपको २० करोड १९ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रस्तुत गरेको छ । यस्तै, एसले खुद ब्याज आम्दानी पनि १९.२% ले बढोत्तरी गरेर ३४ करोड ७२ लाख ९४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्षको यही त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २९ करोड १७ लाख ९३ हजार रुपैयाँ मात्र थियो ।
एसको चुक्ता पुँजी १ अर्ब २० करोड ३० लाख २३ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३७ करोड ९३ लाख ५ हजार रुपैयाँ छ । निक्षेपमा ७ अर्ब ५१ करोड ७० लाख ६९ हजार रुपैयाँ रहेको बैंकले ६ अर्ब ९७ करोड ५९ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह छ । बैंकले खराब कर्जालाई सुधार गरेर यो त्रैमासमा १.६०% मा सीमित गरिदिएको छ । गत वर्ष बैंकको खराब कर्जा ३.३२% थियो । सम्भावित जोखिमका लागि ४ करोड १ लाख १५ हजार रुपैयाँ छुट्याएको एसले ५ करोड ५१ लख ३५ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९.०९% छ भने कस्ट अफ फन्ड ६.६७% छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५८ पैसा (वार्षिक) रहेको एसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्