Skip to content
LAXMI SUNRISE BANK

कांग्रेस कार्यकर्तामाथि एमालेको सांघातिक हमला, ७ जना घाइते

अर्थ सरोकार

धादिङ – स्थानीय तह निर्वाचन सकिए लगत्तै दलका कार्यकर्ताहरु एक अर्कामाथि सांघातिक हमलामा उत्रेका छन्। यसै क्रममा धादिङ मा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि हमला गरेका छन् ।
विजय जुलुसमा सहभागी भएर घर फर्कँदै गरेका काँग्रेस कार्यकर्तालाई बाटो छेकेर एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। आक्रमणमा परी काँग्रेस धादिङ जिल्ला सचिव तथा ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोद तिमिल्सिनासहित अन्य ७ जना घाइते भएका छन्।
शनिबार साँझ धादिङको मैदीमा भएको आक्रमणका घाइतेहरुलाई उपचारका निम्ति सदरमुकाम ल्याइएको धादिङ काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK