
नेकपा एमाले चितवनले बिहीबार आयोजना गरेको चितवन बन्द फिर्ता लिएको छ । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु गर्न माग गर्दै एमालेले बिहीबार चितवन बन्दको आयोजना गरेको थियो ।
एमालेका माथिदेखि वडास्तरका नेता कार्यकर्ताले बन्दको बिरोध गरेपछि पार्टीको हाइ कमाण्डकै निर्देशनमा बिहीबारको चितवन बन्द फिर्ता भएको स्रोतको दाबी छ ।
एमाले नेतृ रामकुमारी झाँक्रीले समेत फेसबुकमा स्टाटस लेखेर बन्दको बिरोध गरेकी थिईन् भने एमाले सचिब शंकर पोख्रेलले उक्त बन्द फिर्ता भएको पुष्टी गरेका छन् । पोखरेलले फेसबुकमा स्टाटस लेख्दै बन्द फिर्ता भएको जानकारी दिएका हुन्।
यस्तै बन्द फिर्ता भएपछि नागरीक समाज, उद्योगबाणिज्य महासंघ लगायतले चितवन बन्द फिर्ता लिनु एमालेको सह्रानीय कदम भएको बताएका छन् । मतगणना सुरु गर्न निर्बाचन आयोगले अधिकृतलाई निर्देशन दिईसकेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्