Skip to content
LAXMI SUNRISE BANK

भैरहवा विमानस्थलमा झलनाथ पुत्रको दादागिरीले सीमा नाघ्यो, चिनियाँ ठेकेदार हटाउने फोहोरी खेल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भैरहवा विमानस्थल निर्माणमा झलनाथ खनालका पुत्र निर्भिक चित्रकार खनालको दादागिरीले सीमा नाघ्न थालेको छ । विमानस्थल निर्माणको ठेक्का पाएको कम्पनीलाई हटाएर आफ्नो उधुम मच्चाउने बद्नियतका साथ् उनले चलखेल सुरु गरेको सरोकारवालाहरुको आरोप छ । उनको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा कम्पनीलार्इ ‘सब कन्ट्रयाक्टर’ बाट चिनियाँ कम्पनीले हटाएपछि उक्त ठेक्का रद्ध गर्न चलखेल सुरु भएको सरोकारवालाहरुको दावी छ । खनाल पुत्रकै कारण काम गर्न नसकेको कम्पनीलाई निर्धारित समय भित्र विमानस्थल नबनाएको भन्दै प्राधिकरणले चिनियाँ कम्पनीलार्इ छैठौं पटक चेतावनी पत्र ‘नोटिस टु करेक्ट’ दिएको छ ।
यसकारण ठेक्काबाट हटाइएको थियो झलनाथ पुत्रको कम्पनीलाई 
स्रोतका अनुसार आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण सामग्री उपलब्ध नगराएपछि निर्भिक चित्रकार खनालको कम्पनीलाई गत महिना ‘सब कन्ट्र्याक्टर’बाट हटाइएको थियो । ‘भनेको अनुसार सामान नल्याउने, जतापनि, जहाँपनि कमिसनमात्रै बढी खोज्ने, निर्माण कार्य राम्रो बनाउने भन्दापनि कमाउने खेलमा बढी लाग्ने देखिएपछि उनलाई पटक पटक सम्झाउँदापनि नलागेपछि अन्तत: कम्पनीलाई हटाइएको थियो ।’ स्रोतले भन्यो । स्रोतका अनुसार नागरिक उड्ययन प्राधिकरण र एमालेका केही नेताको दबाबमा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरर्पोट कन्स्ट्रक्सनलार्इ हटाउन लागिएको छ । चिनियाँ कम्पनीले एडीबीले रकम दिएपछि पैसा चुक्ता गर्ने प्रतिवद्धतालार्इ निर्भिकको कम्पनीले नमानेको चिनियाँ कम्पनी स्रोतले जानकारी दिएको छ । नेपाली कम्पनीमा निर्भिकको साथै एमालेको भातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ र पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत सातजना संलग्न छन् ।

खनालको भाँजोका कारण काम गर्न सकेन चिनियाँ कम्पनीले 
चिनियाँ कम्पनीको उजुरीपछी भैरहवा विमानस्थलको प्रमुख दातृ संस्था एसियाली विकास बैंक(एडीबी)ले नै निर्भिकको कम्पनीलार्इ हटाउन पत्र लेखेको थियो । आफुलाई हटाइएपछी खनालको कम्पनीका अन्य प्रतिनिधिहरुले आफुलाई हटाएको ठेक्का कुनैपनि हालतमा सम्पन्न गर्न नदिने भन्दै भाँजो हालेपछि अहिले चिनियाँ कम्पनीले समेत काम गर्न सकेको छैन । चिनियाँ कम्पनीलाई काम सुरु गरे जे पनि हुन सक्ने भन्दै पटक पटक खनालको कम्पनीले धम्की दिएपछि चिनियाँ कम्पनीले आवश्यक समन्वय नभएको र सुरक्षाको प्रत्याभूति नभएको जानकारी दिंदै हालका लागि काम सुस्त गतिमा गरिरहेको छ । खनालकै कारण काम सुस्त भएपछि स्थानीय प्रशासन र नागरिक उड्ययन प्राधिकरणले आयोजनाको काम सुस्त भएको भन्दै हटाउने चेतावनीसहितको पत्र पठाएका छन् ।

के भन्छन् विमानस्थलका कार्यालय प्रमुख ?
‘खनालको दादागिरी यो हदसम्म छ कि उनले सबैतिर सेटिङ मिलाइसकेका छन् । भैरवहा विमानस्थलका कर्मचारी, नागरिक उड्ययन प्राधिकरणका पधाधिकारी र देशका उच्चा तहका नेताहरुलाई झलनाथको नाम भजाउँदै उनले प्रभावमा पारिसकेका छन् ।’ स्रोतले भन्यो । यता भैरहवा विमानस्थल कार्यालय प्रमुख ओम शर्माले नेपाली सब कन्ट्रयाक्टरवाट छुट्टिएपछि चिनियाँ कम्पनीले लक्षित योजना अनुसार काम गर्न नसकेको बताउँदै ठेक्का तोड्ने मनस्थितिमा पुगेको बताए । ‘चिनियाँ कम्पनीलाई निरन्तरता दिने वा ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने भनेर परामर्शका लागि नागरिक उड्ययन प्राधिकरणलाई चिठ्ठी समेत लेखिएको छ।’ उनले भने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK