×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा नेमकिपाले खाता खोल्यो

LAXMI SUNRISE BANK

भक्तपुरमा नेमकिपाले खाता खोल्यो

२ जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर – भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो । 
खत्रीले एक हजार ३७६ मत ल्याई विजयी हुनुभएको भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् । 
पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राख्नुभएको छ भने नेपाली काँग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् । 
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् । 
उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी