Skip to content
LAXMI SUNRISE BANK

भरतपुर काण्डपछि एमालेले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘छापामार शैलीमा मतपत्र च्यातियो’

अर्थ सरोकार

चितवन – नेकपा एमालेले आइतबार रातिदेखि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना तुरुन्त सुरु गर्न माग गरेको छ । नेकपा एमाले चितवनले सोमबार पत्रकार सम्मेलन गरी मतगणना सुरु गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा भएको घट्नाको विरोध गर्दै जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न नमिल्ने भन्दै जनमतको कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने बताए ।
यसैबीच एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम भएका बेला गतराति दलकै प्रतिधिले मत्रपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ ।
मतपत्र कसले च्यातेको हो भन्ने प्रष्ट नभएपनि प्रतिश्पर्धी एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई दोष दिइरहेका छन् । करिब ४ हजारले अगाडि रहेका एमाले मेयरका उम्मेदवार ज्ञवालीको अग्रतालाई माओवादी केन्द्रकी रेणुले ५ सयमा झारेपछि १९ र २० नम्बर वडाको मतगणना सकिँदा मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना स्थगित गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK