
चितवन – रोकिएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुले माग गरेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेश गरी मतपत्रको सुरक्षा गरी पुन मतदानको माग गरेका हुन् ।
रुख चिन्हका उपप्रमुखकी उम्मेदवार पार्वती शाह र नम्बर १९ को वडाध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङको संयुक्त हस्ताक्षरमा एउटै निवेदन आएको र हँसिया हथौडा चिन्हका प्रमुखका उमेदवार रेणु दाहालको छुट्टै निवेदन आएको मृख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक मतदान अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । आएको निवेदनलाई निर्वाचन आयोगमा पठाइएको घिमिरेले बताए ।
शाह र गुरुङको संयुक्त निवेदनमा प्रतिष्पर्धी दल र उम्मेदवारहरुबाट मतगणनालाई प्रभावित पार्ने गरी पराजित हुने डरले मतपत्र कब्जामा लिई मतपत्र च्याते र गैंरकानुनी काम गरेको उल्लेख गरिएको छ ।
शाह नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त उम्मेदवार हुन् भने गुरुङ कांग्रेसका उम्मेदवार हुन् ।
प्रतिस्पर्धी पार्टीहरुका अपरिचित व्यक्तिहरुबाट मतपत्र च्याती गणना कार्य विथोलेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदानको व्यवस्था गरी निर्वाचन कार्य सम्पन्न गरी पाउँ भनी यो संयुक्त निवेदन पेश गरेका छौं,’ कार्यालयमा पेश गरिएको निवेदनमा उल्लेख छ ।
मतपत्र च्यातेर मतगणना कार्यलाई विथोल्ने दोषी व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न समेत उनीहरुले माग गरेका छ ।
यसअघि सोमबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि पुन मतदानको माग गरेका थियो भने नेकपा एमालेले च्यातिएको मतपत्रलाई अलग राखेर मतगणना कार्य अघि बढाउन माग गरेको छ । सो विषयमा निर्वाचन आयोगले बनाएको छानविन टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
यही जेठ १४ गते राती ११ः ४५ बजेको समयमा मतगणना भइरहेको अवस्थामा दलका प्रतिनिधिरुले मतपत्र च्यातेपछि यहाँको मतगणना कार्य स्थगित भएको छ । माओवादी केन्द्र र एमालेले एक अर्कालाई दोषारोपण गरेका छन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्