
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा पछिल्लो समय भू-माफियाहरु बढी सक्रिय हुन थालेका छन् । हुन त एउटाको जग्गा अर्काको नाममा पास गर्ने, सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने घटना नौलो होइन । तर नगरकोटमा एक सय ३५ रोपनी जंगलनै एक व्यक्तिको नाममा सुटुक्क दर्ता गर्ने प्रयास भएको सुन्दा अचम्म लाग्न सक्छ । तर भयो यस्तै । काभ्रेको तत्कालीन नालडुङ बालुवापाटी गाविस वडा नं. ९ मा पर्ने नगरकोटको प्रख्यात रिसोर्ट भंगेरी दरबारभन्दा तल रहेको १३५ रोपनीभन्दा बढी क्षेत्रफलको घनाजंगल मिलेमतोमा आफ्नो नाममा दर्ता गर्न केही व्यक्तिहरु सक्रिय रुपमा लागेको खुलासा भएको छ ।
यस्तो छ घटनाको नालीबेली :
कुल १३५ रोपनीको जंगलको बीचमा २०३५ सालमा स्थापना भएको श्री सेतीदेवी प्राथमिक विद्यालय थियो । जसमा जापानी संघ/संस्थाको सहयोगमा विद्यालयको पक्की भवनपनि निर्माण भइसकेको थियो भने सरकारी दरवन्दीसमेत कायम भइसकेको थियो । तर २०७२ सालको भूकम्पले विद्यालयमा केहि क्षेति पुगेपछि विद्यार्थीहरुलाई भड्काएर पठनपाठन बन्द गरिएको स्रोतको दावी छ ।
स्रोत अगाडी भन्छ, ‘उक्त विद्यालयमा भएको जंगलसँगै पूर्णबहादुर गुरुङको ८ रोपनी जमिन समेत जोडिएको थियो । उनका दुइ सन्तानमध्येका एक जना प्रहरीका जागिरेपनि थिए । तीन पुस्तापछि अहिले तत्कालीन नालडुङ बालुवापाटी गाविसका पूर्वसचिव भगवान श्रेष्ठले उक्त जंगल मिलेमतोमा दर्ता गर्न छुट जग्गादर्ताको प्रक्रिया अघि बढाएका छन् । त्यसक्रममा उनले फिल्डबुकमा जग्गाको नक्सा हेरफेर गराएका छन् र सो जग्गाको कित्ता नम्बर यसै फेरबदल गराएका हुन् । नगरकोटको उक्त विद्यालयलाई जापानको ओशाका रोटरीले पनि सहयोग गरेको थियो ।’
प्रशासनकै यस्तो मिलेमतो :
हुन त महादेवकापनि धन देखेपछी तीन नेत्र खुल्छ भन्छन् । यस्तै भएको छ प्रशासन कार्यालयको हकमा पनि । जंगलसँग साँध जोडिएकै कारण गाविसका पूर्वसचिव भगवान श्रेष्ठको सहयोगमा दर्ता छुटेको भनी अहिले उक्त जंगल पूर्णबहादुरका नातिको नाममा दर्ता गर्न लागेको थाहा पाउँदा पनि प्रशासनिक निकाय त्यसलाई रोक्नुको साटो उनीसँग बार्गेनिङ गर्नमा लागेको स्रोतको दावी छ । उक्त ठाउँमा रहेको विद्यालयपनि जिल्ला शिक्षा कार्यालयको लापरवाही र भू माफियाको सेटिङका कारण अहिले उराठलाग्दो बनीसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्