
काठमाडौँ – सरकारले आफ्ना नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
व्यवस्थापिका संसद्को बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ ।
सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ । एमालेलगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।
सरकारले पुरानै नीति तथा कार्यक्रम ल्याउन लागेपछि स्थानीय तह थपको विरोधमा संसद् अवरुद्ध गर्दै आइरहेको एमालेले कुनै प्रतिक्रिया जनाएको छैन ।
पुरानै कार्यक्रमलाई निरन्तरता दिइए पनि संघीय संरचनामा ढालेर पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारी तयारी छ । नीति तथा कार्यक्रममा संघीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्