×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यासुन्दरका यस्ता छन्, सय दिनका एक सय एक काम !

PRIME CA
GLOBAL IME BANK

विद्यासुन्दरका यस्ता छन्, सय दिनका एक सय एक काम !

२७ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: < ७ मिनेट

नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिको प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछिका सय दिनमा गर्ने १०१ वटा लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका छन् ।
जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” विभिन्न ठाउँमा सञ्चालनका लागि अध्ययन गर्ने, राज्यले दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बढाएर ५००० हजार रुपियाँ पु¥याउने र त्यस्तो भत्ता बैङ्कमार्फत् सिधै पठाउने, “ग्रिन एण्ड क्लिन काठमाडौँ” अभियान र विद्युतीय सुशासन कार्यक्रम सुरु गर्ने लगायत छन् ।
यस्तै, “घरघरमा अचम्मको सियो र गज्जबको चुलो” कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि शाक्यका प्रतिबद्धतामा उल्लेख छ । “कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती” का लागि आवश्यक बाकस, मल, प्लाष्टिकको टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने, न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने प्रतिबद्धता पनि उम्मेदवार शाक्यको छ ।

यस्ता छन्– विद्यासुन्दरका सय दिनमा १०१ काम
  • हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा रु. ३ हजारलाई बढाएर ५ हजार बनाउने । ८४ वर्ष पुगिसकेका व्यक्तिलाई १० हजारमा २ हजार थपेर १२ हजार बनाउने (मेयरले गर्ने पहिलो निर्णय) । यसैगरी, सुविधाहरू क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने । भत्ताको रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सिधै पठाउने व्यवस्था गर्ने ।
  • ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाउने ।
  • मेयरको पदभार ग्रहण गर्नु भन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरूले मूल्यवान फल लाग्ने रुख रोपेर “ग्रिन एण्ड क्लिन काठमाडौँ” अभियान सुरु गर्ने ।
  • महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तैः स्वयम्भू, पशुपतिनाथ, बौद्ध, वसन्तपुरलगायतका स्थानमा द्रूतगतिको निःशुल्क वाइफाइ क्षेत्र बनाउने ।
  • बाटो विस्तार पीडित समुदायसँग वार्ता गरेर जनभावना अनुसार समस्या समाधान गर्ने ।
  • ‘साइकल सिटी महानगर’ को कार्ययोजना प्रारम्भ गर्ने ।
  • महानगर योजना आयोग गठन गरेर काम सुरु गर्ने ।
  • महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने ।
  • विभिन्न क्षेत्रमा लगानी गर्न महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने ।
  • महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने ।
  • महानगरपालिकाका सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सिसिटिभी जडान गर्ने ।
  • प्रत्येक युवालाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधिलगायत विभिन्न रचनात्मक काममा आबद्ध गराउने गरी कार्यक्रम ल्याउने ।
  • समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरु गरिने छ ।
  • खेलकूद क्षेत्रका विषेश प्रतिभा र योगदान गर्नेहरूलाई नियमित सहयोग गर्न पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने ।
  • नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानगरका संवेदनशील स्थलहरूमा सिसिटिभी जडान गर्ने काम सुरु गर्ने ।
  • स्वयम्भू, बौद्ध, पशुपति र वसन्तपुरलगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने ।
  • सार्वजनिक–निजी साझेदारीकोे नीति अवलम्बन गर्ने ।
  • विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” सञ्चालनका लागि अध्ययन गर्ने ।
  • भित्री शहरको हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने । त्यस्ता सेन्टरमा महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, तौल नाप्ने (वेटिङ) मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाइको व्यवस्था गरिनेछ ।
  • धर्मपथमा रहेको पुरानो काठमाडौँ महानगरपालिकाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने ।
  • महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने ।
  • महानगरबाट सञ्चालित चःमति, मनोहरालगायतका स्थानमा अवरुद्ध ल्याण्डपुलिङको काम यथाशिघ्र सम्पन्न गर्ने ।
  • “घरघरमा अचम्मको सियो र गज्जबको चुलो” कार्यक्रम सञ्चालन गर्ने ।
  • मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने ।
  • “सही समय सही ठाम, नो ट्राफिक जाम” को अभियान सुरु गर्ने ।
  • बाटामा थुपारिएका निर्माण सामग्री हटाउने ।
  • हाल पेन्डिगमा रहेका मुद्दालाई १०० दिनभित्र टुंग्याउने ।
  • प्रत्येक वडामा विषयगत दक्षतासहितको महानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्ने ।
  • प्रत्येक घरमा अनिवार्य बर्खेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने ।
  • घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने ।
  • चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासङ्घका सहकार्यमा बृहद् प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने ।
  • “भोकरहित जनता शोकरहित महानगर” का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने ।
  • राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने ।
  • राजस्व अध्ययन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने ।
  • काठमाडौँका बारेमा जानकारी दिने मोबाइल एप्स सुरु गर्ने ।
  • स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने ।
  • महानगरका विशेष स्थानमा भेइकल फ्रि जोन घोषणा गर्ने ।
  • “काठमाडौँ महानगर झिलिक्क ः घरघर टिलिक्क” अभियान थाल्ने । सरकारी सार्वजनिक भवनमा रङ्गरोगन गर्ने ।
  • धरहरा प्रिमिसेसको गुरुयोजना बनाएर कार्यान्वयन गर्ने ।
  • महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने ।
  • सम्पदा पुनर्निर्माणमा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने ।
  • भूकम्पले नष्ट गरेका र असुरक्षित घरहरूको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने ।
  • नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने ।
  • महानगर र गोकर्णेश्वरको समन्वय÷सहकार्यमा “तारेभिर परियोजना” को प्रक्रिया अगाडि बढाउने ।
  • टोखा नगरपालिकासँग समन्वय÷सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर “वाटर फल पार्क” बनाउन प्रक्रिया अगाडि बढाउने ।
  • ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको “नयाँ ललितपत्तनम्” नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने ।
  • काठमाडौँको भित्री शहरका दक्षिणी भेगको “क्वःने” को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने ।
  • पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने ।
  • ऐतिहासिक दरबार हाइस्कूल पुनस्र्थापनाका लागि सार्वजनिक वहस गरी काम सञ्चालन गर्ने ।
  • इन्टरनेसनल आर्ट र कल्चरल हब बनाउन सुरु गर्ने ।
  • भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने ।
  • अध्ययन भइसकेको हनुमानढोका क्षेत्रमा पहिले रहेको प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा परिमार्जन गरी निर्माणकार्य आरम्भ गर्ने ।
  • निश्चित समय तालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्र्नेे ।
  • कार पार्किङ मलको नीति बनाएर काम सुरु गर्ने ।
  • “जञ्जालमुक्त सडक सञ्जाल” कार्ययोजना सुरु गर्ने ।
  • निर्माणाधीन चक्रपथ विस्तारको काम यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने ।
  • भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनारहुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरु गर्ने ।
  • सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने ।
  • ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने ।
  • पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई व्यवस्थापन गरी “पाशुपत सरोवर” निर्माणका लागि पहल गर्ने ।
  • काठमाडौँलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्री व्यवस्थितरूपमा जम्मा गरेर राखेवापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने । कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने ।
  • शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने ।
  • ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयंसेवक परिचालन गर्ने ।
  • विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धारकार्य सुरु गर्ने ।
  • राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तरवृद्धिका लागि अनुगमन गर्ने ।
  • महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्रनजिकै “शिशु स्याहार र बाल विकास केन्द्र” सुचारु गर्ने ।
  • महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने ।
  • सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र÷व्यायाम÷योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने ।
  • ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने ।
  • महानगरका सरकारी र सार्वजनिक ठाउँहरूलाई ‘बाउन्ड्रीलेस गार्डेन’ का रूपमा विकास गर्ने ।
  • घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने ।
  • महानगरपालिका भवन निर्माणको काम सुरु गर्ने ।
  • नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने ।
  • प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने ।
  • छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने ।
  • घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने । त्यसका लागि महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने ।
  • महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशकसहितको सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने ।
  • काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहालयसहितको युवा पार्क निर्माण गर्ने ।
  • तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने ।
  • अपाङ्गतामैत्री पार्क निर्माणको काम सुरु गर्ने ।
  • “कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती” का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने । न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने ।
  • अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्याहरू रोकथाम र उपचारका लागि उचित प्रवन्ध गर्ने ।
  • हिंसापीडित महिलाको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने ।
  • तरकारी, फलफूल र खाद्यान्नमा विषादिको प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने
  • राजधानी महानगरलाई देशका सबै नेपालीको साझा ‘मैत्रीनगर’ को रूपमा विकास गर्न सात वटै प्रदेशका लागि “प्रदेश भवन” निर्माणका लागि प्रक्रिया थाल्ने ।
  • पुरानो बसपार्कमा प्रस्तावित काठमाडौँ टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने ।
  • महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने ।
  • गोंगबुँ बसपार्कको गुरुयोजनालाई परिमार्जनसहित अगाडि बढाउने ।
  • स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने ।
  • परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने ।
  • मझौला तथा साना व्यवसाय सुरु गर्नेहरूलाई लगानीमैत्री विनियमहरू बनाउन सुरु गर्ने ।
  • बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने ।
  • होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने ।
  • डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने ।
  • भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने ।
  • ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरु गर्ने ।
  • हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने ।
  • स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्याङ्क को स्थापना गरी काम थाल्ने ।
  • पत्रकारहरूका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरु गर्ने ।
  • चौबिस घण्टे “जीवन्त शहर” को योजना बनाउने ।
  • महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: