
- डीआर नेपाल
गृहमन्त्रीज्यू, नमस्कार !
हुन त तपाईंले जति राजनीति मैले बुझेको छैन । बुझ्न गाह्रो पनि छ । तर राजनीतिमा नैतिकता हुनुपर्छ भन्ने चाहिंमैले पनि बुझेको छु । आफु अनुकुल काम नाभायेपछि वा भनौं न्यायलय माथिको हस्तक्षेप हुँदा तपाईंले दिनुभएको राजीनामा सराहनीय थियो । नैतिकताको राजनीति थियो । धेरै हामी जनताले निधिले ठिक गरे भनेका थियौं । निधिले पदको लोभ नगरी राजीनामा दिए भन्ने थियो । तर हाम्रो सोच गलत रहेछ ।
बरिष्टताको विवाद भएकाबेला राजीनामा दिनुभो । तपाईंको प्रतिष्पर्धीसमेत सरकारबाट बाहिरिएपछी पुन: फराकनुभायो । वाह ! क्या खेलाडी है तपाईं ! जित्नुभो, तपाइंले प्रतिष्पर्धाको लडाई, तर हार्नुभयो हामीसँग । आम नागरिकसँग । हामी तपाईंको कार्यकर्तासँग । यो नैतिकताको राजनीतिमाथि आस्था राख्ने जनतासँग ।
तपाईंलाई मन लाग्यो जाने र झ्याउँलाग्यो फर्कने गृह मन्त्रालय ससुराली होर गृहमन्त्रीज्यू ? के यहि हो त निष्ठाको राजनीति ? के यहि हो त नैतिकताको राजनीति ? सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद्हरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि असहमति जनाउँदै तपाईंले राजीनामा दिंदा जस्तो उँचो थियो तपाईंको शीर, आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच दिनपछि राजीनामा फिर्ता लिए भन्ने सुन्दा तपाईंको त परे जाओस् हामी कार्यकर्ताको समेत शीर तल झुकेको छ ।
राजीनामा फिर्ता लिनुका तपाईंको वा पार्टीको वा गठबन्धनको आफ्नै तर्क होला । विमलेन्द्र निधिको ठाउँमा अर्को कोहि आए चुनाव प्रभावित हुने भन्दै निधिलाई फिर्ता बोलाउन फकाउने जिम्मा कांग्रेस सभापति देउवालाइ दिइएको थियो भन्ने कुरा समेत बाहिर आएको थियो । त्यो के थियो थाहा भएन, वा तपाईंनै जान्नु होला तर तपाईं आफ्नो पनि त नैतिकताको कुरा हुन्छ नि, होइन र निधिज्यू ? बिहीबार बिहान बालुवाटार पुगेपछि तपाईं राजीनामा फिर्ता लिन सहमत हुनुभएछ । हामी त अचम्म भयौं सबै ।
प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भएको छलफलमा राजीनामा फिर्ता लिन सहमत भएपछि तपाईं मन्त्रालय जान तयार हुनुभएछ । अचम्म ! ससुराली जस्तै छ हगि मन्त्रालय ? जे गरेपनि हुने । जहिले गएपनि हुने ! जहिले फर्किए पनि हुने !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्