Skip to content
LAXMI SUNRISE BANK

होटल र्याडिसनका प्रबन्ध निर्देशकसमेत रहेका पर्यटन व्यवसायी बिके श्रेष्ठको निधन !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पर्यटन व्यवसायी बिके श्रेष्ठको निधन भएको छ ! भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे उनको निधन भएको हो । उनी होटल एसोसिएसन नेपाल (हान) का समेत पूर्वअध्यक्ष थिए । फोक्सोको क्यान्सरबाट पीडित उनीसँग नेपाल उद्योग वाणिज्य महासंघमा समेत सक्रिय थिए ।
प्युखामा भएको ठूलो आगलागीमा पहिलो श्रीमती र छोराछोरीको जलेर मृत्यु भएपछी स्रो विवाह गरेका थिए उनले पछिल्लो समय अलाइन्स इस्योरेन्सको सेयर प्रभु समूहलाई बिक्री गरेका थिए, जुन अहिले प्रभु इन्स्योरेन्स बनेको छ। अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही बेर र्याडिसन होटलमा राखिनेछ भने दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा अनत्येष्टि गरिने बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK