
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेट र अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै चालू आवको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
संविधान कार्यान्वयनसँगै संघीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका बेला सरकारले (भोलि) सोमबार आव ०७४-७५ का लागि बजेट ल्याउन लागेको हो ।
०७२ मा जारी नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद्समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरूप अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।
संघीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो ।
अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवं आर्थिक विकासलाई केन्द्रित गरेर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
ऊर्जा संकटको अन्त्यसँगै उद्योगी व्यवसायीमा उत्साह जागेको र सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाका कार्यप्रगति सन्तोषजनक छ । राष्ट्रिय गौरवका आयोजना लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता सकारात्मक देखिएका छन् ।
रेग्मीका अनुसार संविधान कार्यान्वयन, पुनर्निर्माण र दुई चरणको निर्वाचनलाई प्राथमिकतामा राखिएको छ । नयाँ कार्यक्रम स्थानीय तहले बनाउने भएकाले नयाँ कार्यक्रमको आवश्यकता पनि नपर्ने उनले बताए । कर तथा करका दरमा कुनै पनि परिवर्तन नगर्ने सरकारी योजना छ ।
“आर्थिक क्षेत्र, अंक गणित मात्र होइन, आम जनता तथा निजी क्षेत्रको मनोविज्ञान पनि हो,” यही विषयलाई आधार मानेर सरकारले लगानीका लागि पूर्ण वातावरण बनाउने गरी बजेट बनाउन लागेको छ,” उनले भने ।
चालू आवमा देखिएको उत्साहजनक आर्थिक वृद्धिदरलाई स्थिर राख्न सक्दा पनि मुलुकको अर्थतन्त्र सबलीकरणतर्फ अगाडि बढाउनु पर्ने विश्वासका आधारमा बजट आउनुपर्ने उनले बताए ।
चौधौँ योजनाका लक्ष्य पूरा गर्नका लागि आवश्यक पृष्ठभूमि तयार गर्न पनि आगामी आवका लागि जारी गरिने बजेट अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्