काठमाडौं- सिभिल बैंक लिमिटेडले सर्वसाधारणका लागि समेत ब्याज दर बढाएको छ। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नवढाउने सहमति गरेपनि बैंकहरुसँग पैस अभाव हुन थालेपछि ब्याज दर बृद्धिमा फेरि प्रतिस्पर्धा सुरु भएको छ ।
सिभिल बैंकले स्किम नै ल्याएर ब्याज दर १२ प्रतिशत माथि पुर्याएको हो। ‘सिभिल बैंक खुशीका योजना’ स्कीम अन्तर्गत बैंकले नौं महिने मुद्दति खातामा १२.७५ प्रतिशत वार्षिक ब्याजदर दिने भएको हो।, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले बचत खाताको ब्याज दरसमेत बढाएको छ। ८ प्रतिशत ब्याज दिँदै आएको बैंकले यसलाई बढाएर ८.२५ प्रतिशत पुर्याएको हो। बैंकमा खाता खोल्नेलाई आश्वा सेवा निःशुल्क समेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्