
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी भएका छन् भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी भएका छन् ।
वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो भए भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो भए ।
वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी भएका छन् । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी भएका छन् ।
वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्