Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसभित्र मच्चियाे बबण्डर, रामचन्द्र पौडेल पक्षले देउवामाथि लगायाे यस्ताे गम्भीर अाराेप

अर्थ सरोकार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको अाराेप लगाएकाे छ ।
पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने लगायतका विवादास्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ ।
बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK