
मलाई काँग्रेस पार्टी मन पर्छ । मेरो घरमा सबै एमाले हुनुहुन्छ तर म चैं काँग्रेस । किन म कागे्रस नै भएं त ? मेरो परिवारमा दादा, बाबा, ममी, भाई एमालेमा हुनुहुन्छ, म काँग्रेसमा छु, र मेरी प्यारी ८ बर्षकी बहिनी प्रज्ञाता पनि काँग्रेस हुं भन्छिन् ।
म ६ कक्षा मा पढ्दै थिए त्यति बेला एक गाउँको बुवा मेरो घरमा आउनु भयो । त्यती बेला मलाई काँगे्रसको बारेमा सबै कुरा भन्नु भयो । मैले १० बर्षको उमेरमा बच्चाको मेरो दिमाग ले भ्याए जती कुरा बुझें । सानो उमेरमा नै मलाइ यो पार्टी सकारात्मक सोच भएको सबै जनतालाई माया गर्ने लोकतान्त्रीक पार्टी रहेछ भन्ने लागेर काँग्रेसमा सकृय हुने अठोट गरें । त्यसपछि मैले भोट दिए उमेर पुगेपछि काँग्रेस नै भोट दिएर राजनीति र समाजसेवा गर्ने अठोट पुनः गरें ।
उदाहरण छ नि सानो बिरुवामा मल हाल्यो भने जल हाल्यो हेरचाह गर्यो भने त्यो बिरुवा सप्रिन्छ, त्यस्तै सानोमा नै यस पार्टीको वारेमा मलाइ पनि मल जल हालेको कारण म काँग्रेस पार्टी भने पछि हुरुक्कै हुन्छु । जनतालाइ भगवान मान्नु, जनताको सेवामा सधैं तत्पर रहने काँग्रेसको उद्येश्य भएका कारण र यसमा तत्पर रहने भएका कारण मलाई यो पार्टी असाध्यै मन परेको हो ।
नेपाली काँग्रेस पार्टीले एमाले, माओबादी, राप्रपा लगायतका पार्टीले नक्कली राष्ट्रबादका नाटक गरेको, सबै बिकासका काम गर्छु भनेर जनतालाई ढाँट्दै हिंडेको जस्तो मलाई लाग्दैन । काँग्रेस पार्टी राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई अंगालेर अगाढी बढेको पुँजीबादी पार्टी नै हो तर पार्टीका नेता कार्यकर्ताहरुले अर्काको लुटेर खाने बानी गर्छन् जस्तो मलाई लाग्दैन जसरी व्यवसाय चलाउन कला चाहिन्छ नी त्यसरि नै पार्टी चलाउन पनि कला चाहिन्छ । त्यो कला ज्ञान काँग्रेस पार्टीमा छ भन्ने मलाई बिश्वास छ । अरु पार्टी हेर्छु आफ्नो तारिफ र अरु बेइज्नत गदै हिड्छन् तर काँग्रेसमात्र यस्तो पार्टी हो जुन आफ्नो प्रशंसा गरे पनि अरुको बेइज्जत गदै हिड्दैन । हो हामी कुनै कार्यक्रममा मासु भात खान्छौँ र खुंवाउछौ पनि त्यो अरुले पनि खुवाउछन् र खान्छन् तर अरु पार्टीहरुले खान्छ र खुवाउछन् तर ढाँट्छन् ।
काँग्रेसलाई भारतको ईशारामा चलेको पार्टी भएको आरोप अरु पार्टीहरुले लगाएका छन्, त्यो सत्य हो, यो कुरा पनि बुझ्न सबैले जरुरी छ कि, अरु पार्टीहरुपनि भारतको ईशारामा नै चलेका छन्, उनीहरु जनतालाई ढाँट्छन् काँग्रेस पार्टी ऐनाजस्तै खुलस्त छ, ढाँट्दैन । २००७ सालको आन्दोलन सफल बनाउने काँग्रेस, २०४६ सालको आन्दोलन सफल बनाउने काँग्रेस, ०६२/६३ सालको आन्दोलन सफल बनाउने काँग्रेस, ०७२ सालमा गणतान्त्रीक संबिधान जारी गर्ने काँग्रेस अनि काँग्रेसलाई नै गाली गर्नेहरु के त ? मलाई लागेको कुरा गरेको हो ।
काँग्रेस इतिहास हो, काँग्रेस बिश्वास हो काँग्रेस धनी, गरीब सबै हो, अझ भन्नुपर्दा काँग्रेस एउटा नेपाली जनतामा बिश्वास भएको ब्राण्ड हो । काँग्रेस ‘ब्लू लेवल’ हो अरु सबै ‘भर्जिन’ हुन् । मैले रक्सी पीएको त के छोएको नि छैन तर रक्सीमा राम्रो ब्राण्ड भएको ब्लू लेबल र कम ब्राण्डको रक्सी भर्जिन भन्ने सनेर उक्त उपमा दिएकी हुं । काँग्रेसलाई काँग्रेस नभनेर म हाम्रो पार्टी भन्दा म रमाईलो ठान्दछु । काँग्रेसले अरुसंग घटीया भएर कुरा काटेर हिंड्दैन, कुकुुरले खुट्टा टोक्यो भनेर मानिसले कुकुरलाई टोक्नु हुंदैन भन्ने उखानलाई आत्मासाथ गर्दै काँग्रेस र काँग्रेसी हिड्छन् जस्तो लाग्छ मलाई । भगवान ले बनाएको सृष्टी नराम्रो हैन, मान्छे ले हेर्ने दृष्टी नराम्रो हो भने झैँ मान्छेको हेराईमा भर पर्छ । साथै जसको दिमागले जती भ्याउछ त्यती बोल्छ भन्ने सोचेर हाम्रो पार्टी अनावश्यक कुरा काटेको वास्ता नगरी जनताका लागी सेवा पुर्याउछ ।
अन्तिममा म के भन्छु भने, ‘जसरी गुन्द्री बुन्न एक मूठा पराल चाहीन्छ त्यसरी नै एउटा ठूलो राष्ट्रिय हितको काम गर्न एक जना मात्र हैन धैरैको साथको आवश्यकता हुन्छ ।’ त्यही भएर हामी हाम्रो पार्टीको अगुवाईमा मुलुकको समग्र बिकासका कामहरु अगाडी बढाउदा देश बिदेशका सबै नेताकार्यकर्ताहरु, नेपाली जनताहरु मिलेर मिलेर गरौं, अनि मात्र हामी हाम्रो पार्टी सफलताको शीखरमा पूग्छौं । पार्टी टुटेर हैन, फुटेर हैन, सबै जुटेर अघी बढौं……………सबै मिलेर लोकतन्त्रलाई अगाढी बढाउ, नेपालीहरुलाई हित हुने काम गरौं म राजनीति नजानेको एक किशोरीले जानेको कुरा यहाँहरुमा राखेकी छु, गल्ति भए माफ पाउँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्