
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार कांग्रेसका राजुराज जोशीले कांग्रेसको जीत निश्चित भएको दावी गरेका छन् । मेयरका लागि दाबेदार रहेका कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछी अर्थ सरोकार डटकमसँग संछिप्त कुराकानी गर्दै उनले भने, ‘कांग्रेसको जीत निश्चित छ। अव बिजयी उत्सव मनाउन धेरै समय छैन ।’
मतदानपछी मतदानस्थलमा आइपुगेका केहिसँग कुराकानी गर्दै उनले ठट्यौली पारामा आफ्नो पार्टीको जीत निश्चित भएको दावी गरे । एमाले कार्यकर्ताले आज सन् डे (आइतबार) भएको प्रति लक्षित गर्दै उनले भने, ‘आज घामभन्दा बढी बादल लागेको छ, रुखका पातहरु हरिया देखिन्छन् ।’
काठमाडौं महानगरपालिकामा एमाले र नेपाली कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । सर्वोत्तम डंगोल, किशोर थापा, पवित्र बजाचार्य र रञ्जु दर्शनाको मतले यी दुई दललाई प्रभावित पार्ने अनुमान गरिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्