
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज– आफ्नो मान्छे उम्मेदवार बनाउन नपाएपछि कांग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि माइन्यूट नै बोकेर सम्पर्कबिहीन भएका छन् । नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय कमिटीको बैठकको माइन्युट नै लिएर क्षेत्रीय सभापति माधवराम खत्री ढकाल सम्पर्कबिहीन भएका हुन् । उम्मेवादको विषयमा किचलो भएपछि माइन्युट फोटोकपी गर्न जान्छु भनेर बाहिरिएका उनी एकाएक बेपत्ता भएका हुन् । उनी पार्टी सभापति देउवा निकटका हुन् ।
नेपाली कांग्रेस बाँके निर्वाचन क्षेत्र नंं १ का क्षेत्रीय सचिव डिल्ली गिरीले पार्टीको जिल्ला कार्यसमितिलाई लेखेको पत्रमा कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउपालिकाको विभिन्न वडाहरुमा उम्मेदवार बनाउनको लागि वडा तहको सिफारिस नै नआएका व्यक्तिको नाम एकलौटी तरिकाले सिफारिस गर्न थालेपछि एक घण्टाको लागि बैठक स्थगित गरी निस्केको क्षेत्रीय सभापति खत्रीले नाम सिफारिस गरी आफू सम्पर्कबिहीन भएको पत्रमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्