Skip to content
LAXMI SUNRISE BANK

तीन दलको बैठकमा चुनाव सार्ने प्रस्ताव, कांग्रेस तयार, एमालेद्वारा अस्वीकार !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं- दोश्रो चरणको निर्वाचन सर्न सम्भावना देखिएको छ । नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेपछी यस्तो सम्भावना देखिएको हो ।शनिबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि राजपा आए केही दिन मिति सार्ने कि भन्ने छलफल भएको थियो । 
कांग्रेस तयार, एमालेद्वारा अस्वीकार !
यता प्रमुख विपक्षी दल नेकपा एमालेले मिति सार्ने प्रस्ताव अस्वीकार गरेको छ । छलफलका क्रममा प्रचण्ड पनि चुनाव केही दिन सार्दा राजपा आउँछ भन्ने समेटेर जाने पक्षमा देखिएका थिए । तर, प्रमुख विपक्षी दल एमालेले चुनावको मिति सार्ने प्रस्तावमा आफ्नो सहमति नहुने प्रष्ट पारेको छ । राजपाको माग सम्बोधनबारे छलफल गर्न कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्ने तयारी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK