
काठमाडौं – पदमुक्त राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक डिबी गुरुङले ५० लाख घुस रकम नदिएपछि मन्त्रीले आफुलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् । सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले ५० लाख घुस मागेको तर आफुले नदिएपछि बर्खास्त गरेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी गुरुङले मन्त्रीबिरुद्ध अदालत जाने चेतावी समेत दिएका छन् । राज्यको नियम र कानूनभित्र रहेर मैले जिम्मेवारीपूर्वक काम गरिरहकै बेला झुटो प्रतिवेदन तयार गर्न लगाई अन्ययपूर्ण ढंगबाट मलाई हटाइयो’ गुरुङले भने ‘मसँग मन्त्रीले ५० लाख घुस मागेका थिएँ तर मैले दिइन, प्रतिसोध साँधेर पदबाट हटाए ।’
गुरुङलाई २०७२ जेष्ठ १४ गते बसेको मन्त्रीपरिषद बैठकले ४ बर्षका लागि नियुक्त गरेको थियो । तर गत ८ जेठमा बसेको मन्त्रीपरिषदको बैठकले उनलाई हटाउने निर्णय गरेको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा गुरुङलाई मन्त्रीपरिषदले हटाउने निर्णय गरेको हो ।
महाप्रवन्धक पदबाट हटाइएपछि गुरुङले राजधानीमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफु न्यायका लागि अदालत जाने बताए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्