
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंकको १००% हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो । यो हकप्रद सेयरमा आवेदन कार्यालय समयपछि बन्द हुनेछ । डिप्रोक्सले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले २५ लाख ७९ हजार २३८.४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने क्रममा डिप्रोक्सले १००% हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो । सुरुमा कम्पनीले चैत ७ देखि बैशाख १० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
तर तोकिएको समयभित्र सबै सेयर बिक्री नभएपछि पुनः १५ दिन समय थप गरेको हो । फागुन १ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । यो हकप्रदमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ । हकप्रद सेयर खरिदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्