×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यायमाथिनै ‘अन्याय’ गर्ने शेरबहादुर देउवाका यी हर्कतहरु पनि पढ्ने कि !

PRIME CA
GLOBAL IME BANK

न्यायमाथिनै ‘अन्याय’ गर्ने शेरबहादुर देउवाका यी हर्कतहरु पनि पढ्ने कि !

१८ बैशाख २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

अहिले न्याय माथिनै ‘अन्याय’ भएको छ । शेरबहादुर देउवा जनताका लागि, न्यायका लागि र देशका लागि ‘भिलेन’ सावित भएका छन् । यिनलाई हामीले चिनिराखे राम्रो !

आउनुहोस शेरबहादुर देउवालाई चिनौं:
– उनी प्रधानमन्त्री हुँदा माओवादी सशस्त्र युद्धमा गयो
– उनी प्रधानमन्त्री हुँदा संकटकाल लगाएर जनअधिकार खोसियो
– उनी प्रधानमन्त्री हुँदा आफनै नागरिकलाई आतंककारी घोषणा गरियो
– उनी प्रधानमन्त्री हुँदा आफनै नागरिकको टाउकोको मोल तोकियो
– उनी प्रधानमन्त्री हुँदा मुलकमा प्रतिगमन सुरु भयो
– उनी प्रधानमन्त्री हुँदा राजाको सक्रिय निरंकुश शासन सुरु भयो

त्यस्तै,
– उनी कांग्रेस पार्टी सभापति हुदाँ तेस्रो दलको पुच्छर भएर सरकारमा झुन्डियो
– उनी पार्टी सभापति हुदाँ जर्वजस्ती आइजीपी प्रकरण निम्ताएर असफल भयो
– उनी पार्टी सभापति हुदाँ पहाड र मधेसलाई टुक्राउने असफल प्रयास भयो
– उनी पार्टी सभापति हुदाँ एक चीन नीतिको खिल्ली उडाउँदै दलाई लामाको कार्यक्रममा उपस्थित भए
– उनी पार्टी सभापति हुदाँ चीनसँगको संवन्ध पुरै बिग्रन पुग्यो, पारवाहन सन्धी कार्यान्वयनमा आउन सकेन
– उनी पार्टी सभापति हुदाँ पेश गरेको संविधान संसोधन असफल हुने देखे पछि फिर्ता लिइयो
– उनी पार्टी सभापति हुदाँ मधेस र मधेसी जनतालाई फुटाउने गरी ११ जिल्लामा मात्रै स्थानिय तह बढाउने

असफल प्रयास भयो
– उनी सभापति हुदाँ दोस्रो संसोधन प्रस्ताव पेश गरेर स्थानिय तहमा पुगेको अधिकार कटौती गर्ने काम भयो
– उनी सभापति हुदाँ श्रीमान सुशिला कार्कीलाई महाअभियोग लगाई कारवाही गर्ने, असफल प्रयास सुरु भयो
– अब उनी प्रधानमन्त्री हुन खोज्दा स्थानिय चुनाव नहुने भयो, दुई वटा अन्य चुनाव पनि नहुने पक्का भयो
– उनी प्रधानमन्त्री भए माघ ८ मा तीनै तहको चुनाव गर्न नसकी लोकतन्त्र र संविधान नै कोल्याप्स हुने अहिले नै देखियो

प्रकाश तिम्सिनाको फेसबुकबाट !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: