×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा हाँस्दै सिंहदरबारतिर, रुँदै घरतिर…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउवा हाँस्दै सिंहदरबारतिर, रुँदै घरतिर…

Artha Sarokar

१० जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शेरबहादुर देउवा जेठ अन्तिम सातासम्ममा चौथोपटक सत्तासीत हुने छाँटकाँट त देखिदैँछ तर, बहिर्गमनचाहिँ कसरी हुने हो भन्न गाह्रो छ । यसअघि हरेकपटक यिनी प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले निस्किएको रेकर्ड छ ।
०५२ भदौ १२ को सर्वोच्चको फैसलाबाट एमाले सरकार ढलेपछि ५४ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यो सरकार ०५३ पुसमा ढल्यो । मध्यपश्चिमका दुईजना ठकुरी सांसद हुम्लाका चक्रबहादुर शाही र जाजरकोटको दीपकजंग शाहीले भोट नहालेका कारण उनको सरकार बचेन । अर्को प्रकरणमा डोल्पाको सदरमुकाम दुनै हानेर हिँडेका माओवादी नेताहरुलाई घेरा हाल्दै गरेको सेना दरबारको ठाडो आदेशमा फिर्ता भयो । त्यसमा चित्त दुखाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ साउन ४ गते राजीनामा दिए । त्यसपछि शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भए ।
०५९ सालमा पार्टी फुटाएर जेठ ८ गते मध्यावधि चुनाव घोषणा गरे । त्यसका लागि असोजमा संविधानको धारा १२७ अनुसार बाधा-अड्काउ फुकाउ लगाएर सबै अधिकार राजालाई बुझाए । तिनै राजाले उनलाई असक्षम भन्दै निकालिदिए । यसपटक पनि प्रवेश हर्षोल्लासपूर्ण तर निष्कासनचाहीँ दु:खद भयो । ०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि अप्रत्यासित रुपमा गोरखाको राजाबाट न्याय पाएँ भन्दै प्रतिगमन सच्चिएको घोषणासहित फेरि सरकारको नेतृत्व सम्हाल्न गए ।
०६१ माघ १९ मा त अपदस्थ मात्र भएनन्, प्रधानमन्त्री पद खोसियो र महिनौसम्म नजरबन्दमा समेत राखिए । तीनपटक प्रधानमन्त्री भएर तीनपटक नै अपदस्थमा परे । अहिले पनि प्रचण्ड सहजरुपमा सत्तारोहण गराउँछु भनिरहेकै छन् तर अबको बहिर्गमनचाहिँ कसरी हुने हो, ठेगान छैन ।
इतिहासले बताउँछ, देउवा प्रधानमन्त्री हुँदा प्रजातन्त्र संकटमा र सभापति बन्दा पार्टी संकटमा पुग्ने गरेको छ। फागुनमै शेखर कोइरालाले देउवालाई एउटा खबर पुर्‍याएका थिए, ‘तपाईका मान्छेले चार करोड गृहमन्त्रीलाई र एउटा गाडी आफूले लिएर आईजीको सेटिङ मिलाउँदै गरेको सुनेको छु ।’ यसपछि देउवा आगो हुँदा आइजी प्रकरणले ठूलै झमेला उत्पन्न गरेको हो । उनीनिकट एकजना पत्रकारले यस प्रकरणमा आइ-१० गाडी फुत्काएको चर्चा छ । जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी