
काठमाण्डु- काँग्रेस सभापति शेरबहादुर देउवाले दोश्रो स्थानीय तह निर्वाचनअघि सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन् ।
सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका नेताबीच निर्वाचनअघि सरकारलाई पूर्णता दिन खोज्दा निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षालगायतमा कम ध्यान जाने भन्दै निर्वाचनपछि मात्र पूर्ण आकारमा सरकार विस्तार गर्ने सहमति भएको हो । स्रोतका अनुसार देउवाले ३१ जेठको निर्वाचनअघि पाँच सदस्यीय मन्त्रिपरिषद गठन गर्नेछन् । त्यही मन्त्रिपरिषले निर्वाचन गराउने छ ।
‘निर्वाचनअघि सानो मन्त्रिमण्डल बनाउने उहाँ (देउवा) जीको चाहना छ’, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘सायद पाँच सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद नहोला ।’
देउवाले काँग्रेसबाट आफूसहित एक, माओवादी केन्द्र, विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र राप्रपाका एकएक मन्त्री सहभागी गराउने चाहना देउवाको छ । गच्छदार प्रचण्ड नेतृत्वको वर्तमान कामचलाउन सरकारमा पनि उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री छन् ।
संविधान संशोधन विधेयकमा मतदान गर्ने दिन पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना १२ सांसदलाई संसदमै आउन नदिएर पार्टी फुटाउन खोजेकाले पार्टी एकता कायम राख्न भन्दै राप्रपा वर्तमान सत्तागठबन्बाट बाहिरिएको थियो । तर, स्थानीय निकाय निर्वाचनमा निराशाजनक परिणाम हात लागेसँगै राप्रपा पुनः सरकारमा जाने तयारीमा छ ।
६ मधेसवादी घटक सम्मिलित राष्ट्रिय जनता पार्टी (राजपा) ले समर्थन नगर्ने अवस्थामा काँग्रेस–माओवादी गठबन्धनलाई सुविधाजनक बहुमत कायम गर्न थापाको सहयोग चाहिन्छ । काँग्रेस–माओवादीबीचको पूर्वसहमतिअनुसार स्थानीय तहको पहिलो चरणको मतपरिणाम सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डले गत १० जेठमा राजीनामा दिएका थिए ।
सोही दिन राजीनामा स्वीकृत गरेकी राष्ट्रपति भण्डारीले ११ जेठमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई अपिल गरेकी थिइन् । सहमतिका लागि राष्ट्रपतिले दिएको सात दिनको समय १७ जेठमा सकिन्छ । १८ गते बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट अपिल भए २१ वा २२ मा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबीन शर्माले जानकारी दिए । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्