
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नमोबुद्ध नगरपालिका वार्ड नम्बर १ का अध्यक्षका उम्मेदवार सुदर्शन प्याकुरेल नेतृत्वमा ‘डमी’ कार्यसमिति गठन गरेर भृकुटीमण्डपमा गैरकानुनी आर्थिक कारोबार गर्ने गरेको एक हप्ताअघि प्रकाशित समाचारलाई लिएर उक्त वडाका केहि एमालेका कार्यकर्ताहरुले अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेललाई धम्की दिएका छन् ।
पत्रकार प्याकुरेललाई फोन गर्दै स्थानीय श्रीकृष्ण धितालले समाचारको लिंक हटाउन र नहटाए आईपर्ने कुनैपनि कदमका लागि तयार रहन भन्दै प्याकुरेललाई धम्की दिएका हुन् । ‘दाजुभाइ सबै यहाँ जम्मा भएका छन् । स्थिति जेपनि हुनसक्छ । जसरीपनि सुदर्शन सरकालागि भनेर हामी जुटेका छौं । त्यो समाचार हटाउन मिल्दैन भने जुनसुकै अफ्ट्यारो पर्ला’ भन्दै उनले धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।
यस्तै उक्त गाउँकै एमाले कार्यकर्ता रहेका हरिराम प्याकुरेलले ९८४३१११३४२ बाट फोन गर्दै ‘यो सुरज प्याकुरेल भनेको को हो ? हाम्रो उम्मेदवारका बारेमा जे पाए त्यहि लेख्ने ? भन्दै आक्रामक शैलीमा प्रस्तुत भएका थिए । उनलाई पत्रकार प्याकुरेलले तपाईंको कल अनुमति मागेर रेकर्ड गरें है’ भनेपछि उनले फोन राखेका थिए ।
के थियो समाचार ?
बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति विना वित्तीय कारोबार गर्न नपाउने भएपनि फूलोबारी कल्याणकारी कोष नामको ‘डमी’ संस्था संचालन गर्न सुदर्शन प्याकुरेलको अध्यक्षतामा कार्यसमिति चयन भएको र उक्त कार्यसमितिको हवाला दिंदै हरेक महिनाको पहिलो शनिबार भृकुटीमण्डपमा पैसा उठाउने, ब्याज लगाउने लगायत ढुकुटी खेलाई प्रकृतिका गैरकानुनी काम भइरहेको भन्ने समाचार अर्थ सरोकार डटकमले प्रकाशित गरेको थियो । उक्त कोषको कार्यसमिति सुदर्शन प्याकुरेलको अध्यक्षतामा गठन भएको उक्त गैरकानुनी कोष सञ्चालकहरुले माइन्युट समेत गरेका छन् । गैरकानुनी रुपमा पास बनाउने, ब्याज उठाउने र उक्त ब्याजको पैसाले पिकनिक जाने काम भएको एक समूह उक्त कार्यको विरोधमा नेपाल राष्ट्र बैंकमा उजुरी लिएर जान लागेको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो ।
पत्रकार महासंघमा जानकारी गराइयो !
यता आफुलाई आफ्नै गाउँका एमाले कार्यकर्ताहरुले समाचारको विषयलाई लिएर जुनसुकै कदमको लागि पनि तयार रहन भन्दै धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै नेपाल पत्रकार महासंघका सचिवलाई जानकारी दिइएको छ भने पत्रकार महासंघमा समेत उजुरी गर्ने तयारीमा पत्रकार प्याकुरेल छन् । ‘मसँग ढुकुटी खेलाईएको सम्पूर्ण फोटो तथा भिडियो सुरक्षित छ । निर्वाचनको समयमा न्यूज डेस्कमा रहनुपर्ने भएकाले केहि गर्न भ्याएको छैन । फुर्सद हुनेबित्तिकै सम्बन्धित निकायमा आफुलाई धम्की आएकोबारे लिखित उजुरी दिन्छु ।’ प्याकुरेलले भने ।
राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘बैंक तथा वित्तीय संस्था बाहेकले वित्तीय कारोबार गर्नु गैरकानुनी हो, उजुरी गरे कारवाही गर्छौं’
यता नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंक तथा वित्तीय संथा ऐन अनुसार स्पष्ट रुपमा नेपाल राष्ट्र बैंकको स्वीकृतिविना कुनैपनि वित्तीय कारोबार भए बैंकिङ कसुरअनुसार कारवाही हुने बताएका छन् । ‘यस्तो काम गर्ने व्यक्ति वा संस्था वा काममा सहयोग पुर्याउने मतियारहरुलाई कारवाहीको स्पष्ट व्यवस्था छ । उजुरी परेको खण्डमा कारवाही गर्छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्