×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार रावललाई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार रावललाई

Artha Sarokar

१३ जेष्ठ २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पत्रकार दीपेन्द्र रावल ‘कृष्ण सेन ‘इच्छुक’ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । इच्छुकको १५औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले जनपक्षीय पत्रकार रावललाई पुरस्कृत गरेको हो ।
पुरस्कृत रावल संगठनका केन्द्रीय उपाध्यक्ष छन् । छनौट समितिको सिफारिसमा संगठनले स्मृति पुरस्कार रावललाई दिने निर्णय गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
मिडिया क्लब संवाद डबलीका अध्यक्ष एवं अनलाइन डबली डटकमका प्रकाशक समेत रहेका पत्रकार रावललाई शनिबार प्रभातफेरीपछि नेपाल पत्रकार महासंघ डा. महेन्द्र विष्ट र सेनकी जीवन सगिनी तक्मा केसीले दोसल्ला ओढाई सम्मान गरेका थिए । रावल जनयुद्धका घाइते पत्रकार हुन् । उनले सानै उमेरमा युद्ध पत्रकारिताबाट पत्रकारिता जीवन शुरु गरेका हुन् ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन हो । संगठनले शनिबार बिहान १५औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी