
काठमाडौं -फेवा विकास बैंकले रुरुपन्देही–बुटवल स्थित नयाँगाउँ शाखाबाट एटीएम सेवा प्रारम्भ गरेको छ । एटीएमको उद्घाटन फेवा विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा तथा बुटवल नयाँगाउँ स्थित स्वामिनारायण मुक्तिनाथ धामका स्वामि लोकानन्द महाराजले संयुक्त रुपमा गरेका हुन् ।
यो समेत बैंकको देशभरमा एटीएम संजाल १६ वटा पुगेको छ । सेवाग्राहीहरुलाई विदाको दिनमा समेत रकम निकाल्न सहज हुने बैंकले जनाएको छ । यसै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका –१३ मा अवस्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहारा घर) मा आश्रीत अनाथ बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामाग्री समेत वितरण गरेको छ ।
वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्