
काठमाडौं – चितवन महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग भारी मतले पछि परेपछि नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल गलत भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ एक टेलिभिजनको बहस कार्यक्रममा बोल्दै उनले भने – ‘बिना उद्देश्यको प्रि इलेक्सन एलायन्स काम छैन, इट वाज रङ’ उनले भने ‘अहिले भरतपुरलागयत महानगरपालिकाको मत परिणामले यही देखायो ।’
कांग्रेसी नेताहरुले आफूले दिएको सुझावलाई बेवास्ता गरेकै कारण कांग्रेसले अहिलेको परिणाम भोगिरहेको उनले दाबी गरे । नेपाली कांग्रेसलाई स्थानीय चुनावले धेरै पाठ सिकाएको र यसबाट सुध्रिने कोशिस नेतृत्वले गर्न नसके कांग्रेसको हालत आगामी चुनावमा निकै खस्कने उनको दाबी थियो । यस्तै चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित हुँदै गइरहेको भन्ने प्रसंगमा मन्त्रीले थापाले प्रधानमन्त्री प्रचण्डलाई जनयुद्धलाई गल्ती स्वीकार्न सुझाव दिएका छन् ।
उनले संसदीय व्यवस्थामा प्रवेश गरिसकेका प्रचण्डले जनतासामू विगतका दस वर्षे जनयुद्ध गलत भएको स्वीकार गरे स्थितिमा सुधार आउने बताए । ‘अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्र कांग्रेस, एमालेजस्तै संसदीय पार्टी न हो । उहाँलाई जनयुद्ध गर्नु गलत थियो भनेर जनतालाई भन्न अब कुनै गाह्रो छैन ।’ त्यसमा बरु आफूहरुले सहयोग गर्ने उनले बताए ।
जनयुद्धको विरासत बोकिन्जेल माओवादी केन्द्रको स्थिति ओरालो लाग्नबाट कसैले रोक्न नसक्ने तर्क उनको थियो । गल्ती स्वीकारे पनि कांग्रेस, एमालेको स्तरमा आइपुग्न प्रचण्डका पार्टीलाई धेरै वर्ष लाग्ने आँकलन उनको छ । गणतन्त्र आउनुमा जनयुद्धको योगदान नभएको उनको तर्क छ । ‘माओवादी जनयुद्धका कारण नेपालमा गणतन्त्र आएको होइन, केही ढिला हुन्थ्यो । तर आउँथ्यो’ उनले भने ।
एक अर्को प्रसंगमा भारतले १२ बुँदे सम्झौता भएदेखि नै आफ्नो उपस्थिति खोजिरहेको स्वीकार्दै आगामी दिनमा गरिने संसद र प्रदेशको चुनावसँगै यसको अध्याय समाप्त हुने बताए । समाप्तीपछि नेपाल–भारतबीचको सम्बन्धमा नयाँ अध्याय खोजिनुपर्ने भनाई उनले राखेका थिए । डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई जनताको नयाँ नमानेको टिप्पणी गरे । ‘नयाँ शक्तिलाई जनताले नयाँ नै मानिदिएनन् । कसको के लाग्छ’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्