×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव सरकारले औषधि आफै किन्ने, आफैं बेच्ने, औषधि ५० प्रतिशत सस्तो हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अव सरकारले औषधि आफै किन्ने, आफैं बेच्ने, औषधि ५० प्रतिशत सस्तो हुँदै !

३० बैशाख २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देशभर बेचिने औषधिहरुमा व्यवसायीहरुले आकुत नाफा कमाउने गरेको पाईएपछी सरकारले औषधि आफैं किन्ने र आफैं बेच्ने भएपछि औषधि माफियाहरु तनावमा परेका छन् । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेपछि औषधि माफियाहरु आत्तिएका हुन् ।
५० प्रतिशत सस्तो हुँदैछ औषधि !
सरकारको यस्तो कदमपछी अव औषधि ५० प्रतिशत भन्दा बढी सस्तो हुने भएको छ । यसअघि व्यवसायीहरुले औषधिहरु २२ सय प्रतिशतसम्म बढी मुल्य राखेर विक्रि गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । विशेषगरी क्यान्सर, मिगौला लगायत कडा रोगका औषधिहरु उच्च मूल्यमा बेच्ने गरेको तथ्य सार्वजनिक भएको थियो । मन्त्रालयका अनुसार समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गनै र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति गठन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी