×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा गाईलाईले पाउने भोट हलगोरुलाई परेपछि हंगामा..

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चितवनमा गाईलाईले पाउने भोट हलगोरुलाई परेपछि हंगामा..

Artha Sarokar

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको चुनाव चिह्न हो हलगोरू। सो पार्टीसहित ६ मधेसी पार्टीले एकता गरेर राजपा नेपाल गठन गरेका छन् । चितवनमा हलगोरू चिह्न लिएका कुनै पनि उम्मेदवार उठेका थिएनन् । तर, मतदाताले उम्मेदवार नै नभएको चिह्नमा गाई सम्झेर मत हालेका छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– हलगोरूसँग मिल्दोजुल्दो चुनाव चिह्न राप्रपाको छ । जसले गर्दा गाईलाई दिने भोट झुक्कएर मतदाताले हलगोरुमा हालेको राप्रपाको दाबी छ । यसपटक एकै खालको चुनाव चिह्नका कारण मतदाता झुक्किएको चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले स्वीकारे ।
माडी नगरपालिकाको मेयरमा ठूला पार्टी सरह नै मत ल्याउन सफल राप्रपाले चुनाव चिह्नकै कारण वडाध्यक्ष पद गुमाउनु परेको छ । माडी नगरपालिकाको वडा नं. १ मा ५७ भोट हलगोरुलाई जाँदा त्यस वडाका राप्रपाका उम्मेदवार दोस्रो भए । राप्रपाका उम्मेदवारले ४ सय ४८ मत ल्याएका थिए । एमाले उम्मेदवार ४ सय ७३ मत ल्याएर विजयी भए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी