
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ सार्वजनिक गरेको छ ।
मंगलबार होटल सांग्रीलामा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त छात्रवृति सार्वजनिक भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराउँदै यहीँनै छात्रवृत्ति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा राखेका थिए ।
यता समितिका सह-संयोजक डेनियल डी. श्रेष्ठ,हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए भने छात्रवृत्ति अन्तर्गत सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएकासदर आवेदनका आधारमा एक शैक्षिक सत्रअथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्