- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५३ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहिबार २ सयले घटेर ५३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदी पनि सोहि मूल्य प्रति तोला ७ सय ४० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४५ हजार ६ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३४ रुपियाँ पाँच पैसा कायम गरेको छ।